Kanakai Online

अन्तराष्ट्रिय आप्रवाशन दिवश कनकाईमा


शनिवार, पौष ६, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ९ घैलाडुब्बामा विशेष कार्यक्रमका विच अन्तराष्ट्रिय आप्रवाशन दिवश मनाइएको छ ।
कारितास नेपालको आयोजना, कारिटास जापानको आर्थिक सहयोग तथा कनकाई नगरपालिकाको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न सचेतनामुलक प्लेकार्डहरु सहित घैलाडुब्बा बजार परिक्रमा गरिएको थियो ।
भरसक वैदेशिक रोजगारीमा नजाम जानैपर्ने भएमा आवश्यक ज्ञान सीप सिकेर मात्रै विदेशको यात्रा गर्न विदेशमा जान भनेर विगत ४ बर्षदेखि झापाको कनकाई नगरपालिका सहित अन्य थप २ पालिकाहरु झापा गाउँपालिका र शिवसताक्षी नगरपालिकामा समेत सुरक्षित वैदेशिक परियोजना सञ्चालनमा रहेको वरिष्ठ सामाजिक परिचालक विवेश शिवाकोटीले बताउँनुभयो । सुरक्षित वैदेशिक रोजगारीको सुनिश्चितता तथा फिर्ति आप्रवाशीहरुको दिगो स्थानिय पुर्नस्थापना प्रवद्धन परियोजनाद्धारा आयोजित कार्यक्रमको अवशरमा घैलाडुब्बा बजारमा सचेतनामुुलक र्याली र सडक कचहरी नाटक समेत प्रस्तुत गरिएको थियो । सडक नाटकमा सबैकुरा ज्ञानशीप जानेर मात्रै वैदेशिक रोजगारीमा जान शन्देश दिइएको थियो । भने वैदेशिक रोजगारीमा जादा ध्यान दिनुपर्ने कुरालाई प्रस्तुत गरिएको थियो । असुरक्षित वैदेशिक रोजागारीलाई बन्द गरौ, आप्रवाशी र आश्रित परिवारको संरक्षण गरौ लगायातका प्लेकार्ड लिएका सहभागिले शन्देश प्रवाह गर्दै घैलाडुब्बा बजारको परिक्रमा गरेको थियो ।
उक्त कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ९ नम्बर वार्डका वडाअध्यक्ष राजेन्द्रप्रसाद उप्रेती, वडासदस्य सुशिलाकुमारी चौधरी, नरमान श्रेष्ठ, इलाका प्रहरी कार्यालय घैलाडुब्बाका प्रमुख खुदु मुर्मु, कारितास नेपालका प्रादेशिक कार्यालय प्रमुख शंकरकुमार पौडेल, परियोजना अधिकृत हिमालय अधिकारी, वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटी, सामाजिक परिचालक ताङसाङ नेम्बाङ लगायातको सहभागिता रहेको थियो ।