कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी प्रथम झापा कपको फाईनलमा पुगेको छ।
आज सिरहाको सलहेश युवा क्लबमाथि १–० को गोलल अन्तरको जित निकाल्दै काठमाण्डौको चर्च ब्वाइज युनाइटेडले आफ्नो फाईनलको यात्रा सुरक्षित गरेको हो । चर्च ब्वाइजले अब उपाधिका लागि शनिबारको अन्तिम सेमिफाइनल खेल राष्ट्रिय जागृति क्लब सुनसरी र एनआरटी क्लब काठमाडौको बिजेतासग खेल्ने छ ।
चर्च ब्वाइजले जितसँगै कम्तिमा ५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ । चर्च ब्बाइजको जितका लागि एक मात्र गोल विदेशी खेलाडी अर्मन्डले गर्नुभयो ।
चर्च ब्वाइजका खेलाडी अर्मन्डले खेलको ८१ औँ मिनेटमा सलहेशका दुई डिफेन्डरलाई बिट गर्दै सुन्दर गोल गर्नुभयो । उहाँको गोलनै प्रतियोगिताको निर्णायक गोल रहन पुग्यो ।
चर्च ब्वाइजले खेल अवधिभर सलहेशको दबाब झेलपनि स्कोर गर्न नसक्दा सहलेश प्रतियोगितामा अगाडि बढन सकेन ।
खेलको १२ औँ मिनेटमा सलहेशका अभि लामाले चर्च ब्वाइजका दुईजना डिफेन्डरलाई बिट गर्दै गरेको प्रहार सफल हुन नसक्दा खेलमा अग्रता बनाउन सकेन ।
खेलको ५२ औँ मिनेटमा प्रदिप लामाको प्रहार चर्च ब्वाइजका गोलरक्षक क्रिशल मोक्तानले पञ्च गरेर बचाउनुभयो । खेलको ६९ औँ मिनेटमा सलहेशका अभि लामाको दोस्रो प्रहार गोलमा परिणत हुन सकेन ।
खेलको प्लेयर अफ द म्याच विजयी टिम चर्च ब्वाइजका गोलकर्ता अर्मन्ड हुनुभयो । उहाँले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने छन । प्रतियोगिताको फाइनल खेल पुस ८ गते हुनेछ ।
प्रतियोगिताको उच्च गोलकर्ता एकजना तथा उत्कृष्ट गोलकिप्पर एकजनालाई ३५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट एकजना खेलाडीलाई मस्ट भ्यालुएवल खेलाडी घोषित गरेर नगद १ लाख रुपैयाँ प्रदान गरिने अध्यक्ष जलकुमार गुरुङले बताउँनुभयो ।