कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा रहेको दिव्यरत्न अंग्रेजी बिद्यालयको दिव्यरत्न बाल क्लबका बालबालिकाले पुकार अपांग असक्त समाजलाई खाद्यान्न सहयोग गर्नुभएको छ ।
दिव्यरत्नमा अध्ययनरत विद्यार्थीहरुको बाल क्लबले भर्खरै मात्र कनकाई नगर प्याब्सनले विद्यलयमा गरेको नगर स्तरीय दुई दिवसिय प्रतियोगितात्मक कार्यक्रममा खाजा परिकारको शशुल्क बिक्री कक्ष राखेर त्यहाबाट भएको आम्दानीले कनकाई ४ मा रहेको पुकार अपांग असक्त समाजलाई खाद्यान्न सहयोग गरेको हो ।
दिव्यरत्न बाल क्लबले पुकार अपांग असक्त समाजलाई थोरैमात्र भएपनि राहत मिलोस भनि ८ बोरा चामल , १ बोरा मुरै , १ बोरा सोयाविन , १० केजी दाल , नुन , तेल लागयतका खाद्य सामाग्री प्रदान गरेको दिव्यरत्न बाल क्लबका फोकल प्रसन शिक्षक सागर चौहानले जानकारी गराउनु भयो ।
क्लबले बुधबार पुकार अपांग असक्त समाजमा आयोजना गरेको खाद्यान्न सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यक्रमको अौचित्य बारे प्रष्ट पार्दै क्लबको अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष निक्षा निरौलाले आफुहरुकै उमेर समुहका बालबालिकाहरु अपांग असक्त अवस्थामा पुकार अपांग असक्त समाजको संरक्षणमा रहेको र उनिहरुलाई सहयोगको आवश्यकता रहेको थाहा पाए पछि विद्यालयमा भएको सास्कृतिक कार्यक्रमको अवसर छोपी दिव्यरत्न बाल क्लबले व्यपार गरी प्राप्त रकमबाट समाजलाई सहयोग गरेको वताउनु भयो ।
कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदीले बालबालिकाको यस किसिमको सहयोगी कार्यको प्रसंशा गर्दै बालकालीकाले सामाजिक सेवामा सानै उमेर देखि सहभागी हुने अवसर प्रदान गर्ने दिव्यरत्न अंग्रेजी बिद्यालय परिवारलाई धन्यवाद दिदै अरुले पनि यसको सिको गर्नु पर्नेमा जोड दिनुभयो ।
तेस्तै कार्यक्रमका विशिष्ट अतिथि कनकाई नगर बालकल्याण अधिकारी उमानाथ ढकालले हामिले अति विकसित राष्ट्रका बालबालिकाहरुले आफ्नो खाजा खर्च , भ्रमण खर्च लगायतका खर्चहरुबाट बचत गरेर अल्प विकसित देसका बालबालिकालाई सहयोग गरेको सन्चार माध्यममा प्रसस्तै मात्रामा सुनीरहेको अवस्थामा अहिले हाम्रै देशका बालबालिकामा पनि त्सस किसिमको चेतनाको विकास हुदै गएको प्रमाण दिव्यरत्न बाल क्लबका बालबालिका भएको भन्दै बाल क्लब र विद्यालय परिवार प्रति आभार ब्यक्त गर्नु भयो ।
बिद्यालयका संस्थापक प्रिन्सिपल सागर ढुङ्गानाले बिद्यार्थीहरुलाई कोरा किताबी कुरा मात्रै नसिकाएर ब्यवहारिक शिक्षा प्रदान गर्न , स्वरोजगार हुन सिकाउन र समाज संग घुलमिल हुदै बालबालिकालाई सामाजिक सेवामा समर्पित हुन शिक्षा मिलोस भन्ने उदेश्यले विद्यालयले यस किसिमको अवधारणा ल्याएको वताउनु भयो ।
कार्यक्रममा दातालाई धन्यवाद ज्ञापन गर्दै पुकार अपांग असक्त समाजको अध्यक्ष निर्मला ओझाले अथक संघर्ष गर्दै संस्थामा रहेका फरक क्षमता भएका बालबालिकालाई संरक्षण गर्दै आएको र संस्थाको दिगो आय श्रोत नहुदा दाता हरुकै सहयोगबाट संस्था सन्चालन हुदै आएकोेले संस्थामा दाताहरुको सहयोगको अपेक्षा समेत गर्नु भयो भने कार्यक्रमको सहजकर्ता दिव्यरत्न अंग्रेजी विद्यालयको शिक्षक तथा पुकार अपांग असक्त समाजको उपाध्यक्ष निर्मला खनालले तपाई हाम्रो ठाउमा असक्त , अपांगहरुको सेवामा समर्पित संस्था रहेकोले विभिन्न बाहानामा गरिने पाटी , भोजभतेरमा फजुल खर्च गर्नु भन्दा यस्तो ठाउमा सहयोग गर्न अपिल गर्नु भयो ।
यसै विच आगामी पौष ६ र ७ गते दिव्यरत्नमा हुने प्याब्सनको प्रतियोगितात्मक जिल्ला स्तरीय सास्कृतिक कार्यक्रमा पनि यसै किसमको सहयोगार्थ खाजा बिक्री कक्ष राखिने र त्यहाबाट प्राप्त रकमले अन्य कुनै क्षेत्र पहिचान गरी सहयोग गरिने क्लबको अध्यक्ष निक्षा निरौलाले जानकारी गराऊनु भएको छ ।