Kanakai Online

कनकाईका ९ खेलाडी बने एकसाथ ब्लाक बेल्ट


बुधवार, पौष ३, २०८१ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिकामा एकसाथ ९ खेलाडीहरु करातेको ब्लाक बेल्ट प्राप्त गर्न सफल बनेका छन ।
गत कार्तिक २३ र २४ गते भएको ग्रेडिङबाट झापा कनकाई नगरबाट समेत खेलाडीहरु सहभागि भएको र करातेमा ९ जना खेलाडीहरु ब्ल्याक बेल्ट वान डन प्राप्त गर्न सफल बनेको करातेका पुर्व राष्ट्रिय खेलाडी समेत रहनुभएका कराते महासंघ झापाका सचिव राजेन्द्र लिम्बुले बताउँनुभयो ।

यसैविच विशेष कार्यक्रमका बिच यहाँस्थित देवकोटा एजुकेशन फाउण्डेशनमा बेल्ट पाउने कनकाईका सबै ९ जना खेलाडीहरुलाई कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषन सुवेदी, सितोरियो कराते महासंघका केन्द्रिय सदस्य समेत रहनुभएका जगन कार्की दुर्बासा, करातेका पुर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजेन्द्र लिम्बु, युवा व्यावसायी संदिप थेबे लगायातले ब्लाक बेल्ट तथा प्रमाणपत्र प्रधान गर्नुभयो ।

कार्यक्रम देवकोटा एजुकेशन फाउण्डेशनका पिन्सिपल केवल प्रसाईको सभापतित्वमा आयोजना गरिएको थियो । यसैविच सहभागि अतिथिले खेलाडीलाई आफ्नो खेललाई निरन्तता दिदै करातेको डिप्लोमा ब्लाकबेल्ट भन्दा माथिसम्म लैजान शुभकामना दिनुभएको थियो । खेलाडीहरुलाई अबको आगामी पुस ६ गते अन्तराष्ट्रिय कराते प्रतियोगिता समेत हुन लागेकोले सबैलाई तयारी रहन करातेका जिल्ला अध्यक्ष समेत रहनुभएका जगन कार्की दुर्बासाले अनुरोध गर्नुभयो ।


सोही अवशरमा ब्लाक बेल्ट प्राप्त गर्ने खेलाडीहरुविच फाइटिङ र करातेको काता प्रदर्शनी समेत गरिएको थियो ।
कनकाईबाट यस बर्ष ब्लाक बेल्ट प्राप्त गर्ने खेलाडीहरुमा मिराकहाङ थेबे, आशिस खत्री, डिआर सुरज श्रेष्ठ, एरिना भेटवाल, जेशिका तामाङ, लक्ष्य पराजुली, ईभिना श्रेष्ठ, श्रेया गड्तौला र यशु दर्लामी मगर रहनुभएको ।