कनकाई अनलाईन
जनप्रतिनिधिहरुको अवलोकन भ्रमणका लागि झापाको कनकाई नगरपालिका पहिलो रोजाई बन्दै गएको पाईएको छ। झापा जिल्लाको मद्य भागमा रहेको कनकाई नगरपालिकाको छुट्टै पहिचान रहेको छ।
साविक सुरुङ्गा र घैलाडुब्बा गाविस मिलेर बनेको कुल नौ वटा वडा रहेको कनकाई हरेक पक्षमा देश विदेश सम्म चर्चा कमाएको नगर बन्द निशेधित , धार्मिक एवम् पर्यटकीय तथा सास्कृतिक नगरी , नगरको बिकास निर्माणकार्यको चर्चा, कार्य सम्पादनमा अब्बल नगरपालिका , यहाँका जनप्रतिनिधि तथा कर्मचारीहरुले गर्ने कामको विभिन्न स्थानीय तहमा हुने चर्चाले पनि कनकाई नगरपालिकामा अन्य स्थानीय तहका जनप्रतिनिधि अवलोकन भ्रमणको केन्द्रविन्दुमा पर्न थालेको अवलोकनमा आउने जनप्रतिनिधिहरुले बताउने गरेका छ्न।
पछिल्लो एक वर्षमा मात्रै कनकाईमा एक दर्जन बढी विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरु अवलोकनका लागि आएको तथ्यांकमा उल्लेख छ।
यसरी आउने स्थानीय तहका पालिका हरुमा
तेह्रथुमको लालीगुराँस ,म्याङ्लुङ नगरपालिका जनप्रतिनिधि , ताप्लेजुङको मौवाखोला ,सिरिजङ्गा गाउपालिका, पाँचथरको हिलिहाङ्ग गाउँपालिका , ईलामको सुर्यदय नगरपालिका ,धनकुटाको सहिद भुमि गाउँपालिका,पाख्रिबास नगरपालिका ,उदयपुरको बेलका नगरपालिका सहित पछिल्लो समय मधेस–प्रदेश बाट पनि जनप्रतिनिधि अवलोकन गर्न आउने गरेको पाईएको छ।
यसै क्रममा सोमबार हालका काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहको गाउँको महोत्तरीको एकडारा गाउँपालिकाको टोली कनकाईमा अवलोकनका लागि आएको छ ।अध्यक्षको नेतृत्वको टोलीले अवलोकन सहिद विभिन्न विषयमा आर्थिक , सामाजिक तथा भौतिक क्षेत्रमा कनकाई नगरले गरेका कामको बारेमा जानकारी लिनुका साथै आफ्नो पालिकाबाट हुँदै आएको कामको बारेमा समेत जानकारी गाराएको थियोे ।
एकडारा गाउँपालिकाको अध्ययन अवलोकन भ्रमण टोलीलाई सोमबार कनकाई नगरपालिकामा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्वागत गर्नुभएको थियोे ।
देशका विभिन्न उत्कृष्ट पालिकाहरूको अध्ययन अवलोकन भ्रमणका क्रममा कनकाई नगरपालिकामा आएको उक्त टोलीलाई नगर प्रमुख सहित कर्मचारीको टिमले समेत स्वागत गरेको थियो ।
एकडारा गाउँपालिकाको अध्ययन अवलोकन टोलीमा
अध्यक्ष दीप नारायण मण्डल, उपाध्यक्ष महजवी खातुन लगायत अन्य जनप्रतिनिधि र कर्मचारीको समेत सहभागिता रहेको थियोे । काठमाडौ महानगरपालिका का मेयर बालेन शाहको पुर्खौली घरमा भाडामा रहेको महत्तरीको एकडारा गाउँपालिकामा कुल ६ वटा वडा रहेको अध्यक्ष दीप नारायण मण्डलले जानकारी दिनुभयो ।२०७३ सालमा स्थापना भएको एकडारा गाउँपालिकाले २४ वर्गकिलोमीटर ओगटेको र २०७८ सालको जनगणना अनुसार ३२ हजार ६० जना जनसंख्या रहेको अध्यक्ष मण्डले जानकारी दिनुभयो ।अध्ययन अवलोकन टोली र नगर प्रमुख तथा कर्मचारीबीच भएको संक्षिप्त छलफल कार्यक्रममा आ –आफ्नो स्थानीय तहमा भएका विभिन्न गतिविधि , कामको बारेमा जानकारी सेवा प्रवाहका बारेमा समेत आदानप्रदान भएको थियोे ।
कनकाई नगरबाट गाउँपालिकाका जनप्रतिनिधिले अवलोकन भ्रमणमा सिकेका कुरालाई पालना गरी पालिकामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यस अघि चीनको जेजिङ्ग प्रान्तबाट आएको उद्योगीको टोलीले समेत कनकाईमा कृषि, पर्यटन तथा उद्योग लगायतका क्षेत्रमा के–के स्थापना गर्न सकिन्छ र यहाँ विशेष गरी कृषिमा चिया खेती, चियाका लागि उद्योगको स्थापना कसरी गर्न सकिन्छ साथै पर्या–पर्यटनको क्षेत्रमा कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो ।
चिनियाँ उद्योगपति छाङ्यी नेतृत्वको टोलीले झापाको कनकाई र इलामको सूर्योदय नगरपालिकामा यस्ता परियोजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यका साथ कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको आग्रहमा स्थलगत परियोजना सम्भाव्यता अध्यनका लागि कनकाईमा आएको चिनियाँ उद्योगपति छाङ्यीले बताउनुभएको थियो ।