Kanakai Online

युएईमा भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौली मनाईयो


मङ्गलवार, पौष २, २०८१ |

कनकाई अनलाईन

भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधैली पर्व ९प्हुगाल पारिम० नेपाल आदिवासी जनजाती महासंघ युएईकी सांस्कृतिक विभाग प्रमुख शिला राना मगरको प्रमुख आथित्यमा हिजो दुबईको जाविल पार्कमा विधिवत रुपमा पुजा अर्चना गरि मनायो ।

प्रमुख अतिथि मगरले प्हुगाल पारिम को शुभकामना मन्तव्य राख्नु हुँदै आफ्नो जातिको संस्कार, संस्कृतिलाइ जिवन्त राख्न तथा भोलि आउने पुस्तालाई आफ्नो मौलिक संस्कार संस्कृति हस्तान्तरण गर्दै जानमा यस्ता कार्यक्रमहरु कोशेढुङ्गो सावित हुने बताउनु भयो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष सुर्य बहादुर भुजेल, संस्थापक उपाध्यक्ष यम घर्ती, पुर्व अध्यक्ष सुर्य भुजेल सल्लाहकारहरु क्रमशः दिलिप जिटि र सुरिन भुजेलले उधौली पर्वको शुभकामना व्यक्त गर्नु भएको थियो ।

आफ्नो जातिय परम्परा अनुसार विधिवत रुपमा सुर्य, वायु, जल, जमिन र जंगलको विधिवत आरधना गर्दै पुजा अर्चाना गरिएको थियो । उक्त कार्यक्रमा ब्राओको भुमिमा समाजका सचिव विनोद भुजेल रहनु भएको थियो ।

समाजले आयोजना गरेको प्हुगाल पारिम कार्यक्रममा वैदेशिक रोजगारिका शिलशिलामा युएईको विभिन्न राज्यमा श्रमशिल भुजेल दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

भुजेली पर्व पारिम उधौली पर्व
भुजेल जातिले आफ्नो सांस्कृतिक पर्वका रुपमा मनाउने उँधौली पर्व धान्य पूर्णिमाका दिन मनाईन्छ भने उभौली पर्व भने बैशाख पूर्णिमामा मनाईन्छ । उँभौली र उँधौली पर्व ऋतु परिवर्तनसँग सम्बन्धित पर्व हुन् । यसलाई भूमि या प्रकृतिको पूजासँग सम्बन्धित पर्वका रूपमा पनि लिने गरिन्छ ।
यो पर्वमा भूमिलाई सृष्टिकर्ता, जीवनदाता र संरक्षकको प्रतीकको रूपमा लिई पूजा गर्ने गरिन्छ । कतै कतै यसलाई भूमेपूजा पनि भन्ने गरेको पाइन्छ भने भुजेल भाषामा यसलाई युहआलो भन्ने गरिन्छ । यस अवसरमा धामी अर्थात् फ्होरोले भूमेथानमा गएर विशेष पूजाआजा गर्छन् । पूजाआजाका क्रममा प्रकृतिलाई नै संरक्षक या जीवनदाता मान्दै पुर्खाको नाम श्रद्धापूर्वक लिने गरिन्छ ।

       प्रकृति अर्थात सुर्य, वायु, जल, जमिन र जंगलको आरधना गरि यो पर्व मनाउने गरिन्छ । यो बेला चेलीबेटी बोलाउने, नातागोतासँग भेटघाट आदिसमेत गर्ने गरिन्छ भने खुसियाली साटासाट पनि गरिन्छ । यो बेला खुसियालीका साथ नाचगान गरेर रमाइलो गरिन्छ ।
      यो पर्वलाई मौसम परिवर्तनको सूचकका रूपमा पनि लिइन्छ । जब कर्‍याङकुरुङ प्रजातिका चरा उत्तरी क्षेत्र अर्थात् उँभोतिर आउँछ, त्यसबेला समय उँभो लागेछ भनेर छरपाउ गर्ने गरिन्छ । यसबेला यो साल बालीनाली राम्रो देऊ, अतिवृष्टि या अनावृष्टि नभई देओस् भनेर वैशाख—जेठमा पूजा गर्छन् । त्यही कर्‍याङकुरुङको बथान मंसिरतिर उँधो भूमध्य सागरतिर लाग्छ, जुन उँधौली सुरु भएको संकेत हो ।

   यसबेला पाकेका बालीनाली थन्क्याएर राख्ने समय हो । लगाएको बालीनाली पाकेर थन्क्याउन थालेपछि मङ्सिरे पूर्णिमादेखि वैशाखे पूर्णिमासम्मको अवधिलाई उँधौली भनिन्छ । यसबाट आदिम जातिका रूपमा रहँदै आएका भुजेलहरूले समयको कसरी हेक्का राख्थे भन्ने कुराको झल्को दिन्छ ।

     ऋतु अनुसार बाली लगाउने, उठाउने प्राकृतिक नियमलाई अनुसरण गर्नु निकै वैज्ञानिक देखिन्छ, जुन पर्यावरणीय दृष्टिकोणले पनि महत्त्वपूर्ण छ । लामो सभ्यताको परिणतिले नै यस किसिमका अभ्यास विकसित हुँदै आए ।

        उँभौली–उँधौली पर्व निश्चित भूगोलमा मात्र नभई सहर हुँदै विश्वव्यापी भइरहेको छ । यो सांस्कृतिक चाडमात्र नभएर सामाजिक सद्भावसँग पनि जोडिएको छ । यही अवसरमा भुजेलहरू एक ठाउँमा भेला हुने गर्छन्, जसबाट दुस्ख–सुख आदान—प्रदन हुन्छ । बालीनाली लगाएर फुर्सदको समयमा आफूले लगाएको बालीनाली सप्रियोस्, रोगव्याधि हटोस्, भूकम्प, अतिवृष्टि भई बाढीपहिरो नचलोस्, सुक्खा खडेरी नपरोस्, सबैमा सहकाल होस्, अनिकाल नआओस् भनी सामुहिक रुपमा प्रकृतिको आराधना गरिन्छ । यो एक प्रकारको सामाजिकीकरण प्रक्रिया पनि हो । यसैगरी बालीनाली स्याहारेर नयाँ अन्न घरमा भित्र्याएपछि पनि प्रकृति एवं पुर्खालाई सबभन्दा पहिले अर्पण गरेर मात्र खाने गरिन्छ ।

      यसो गर्नुको कारण के हो भने प्रकृति अर्थात् पुर्खाहरू जसले बाली लाउन सिकाए, जसले बाली सपारेर भित्र्याउने अवसर दिए, तिनैलाई अर्पण गरेर खानु भनेको सामाजिक आचरणको ज्वलन्त नमुना हो । यसले सामाजिक संहिताको झल्को दिन्छ । 

सम्बन्धित खबर