Kanakai Online

खोलाको वहावमा बगाएर ल्याउँदै गरेको साखु जातको काठ बरामद


आइतवार, मंसिर ३०, २०८१ |

कनकाई अनलाईन
काठ चोरी गर्ने समुहले कनकाई माईको खोलाको वहावमा चाली बनाएर बगाएर ल्याउँदै गरेको सखुवा जातको काठ प्रहरीले बरामद गरेको छ ।

शनिवार दिउँसो ३ बजे अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी र गैडे सामुदायिक वनबाट खटिएको कर्मचारीको संयुक्त गस्ती टोलीले शिवसताक्षी नगरपालिका वडा १० दोमुखास्थित कनकाई माई खोलामा बेवारिसे अवस्थामा टिउमा बाँधी बगाई ल्याउँदैं गरेको अन्दाजी ४५ हजार मूल्यबराबरको अन्दाजी १५ क्युफिट सखुवा जातको काठ बरामद गरेको हो ।

काठ खोलाबाट निकाली आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले बताउँनुभयो । लामो समयदेखि उक्त नदिको वहावमा इलाम जिल्लाबाट साखु जातको काठ बगाएर ल्याएर नेपाल तथा भारतीय बजारसम्म समेत विक्री गरिदै आएको छ । यसविचमा नदिमा काठ बगाएर ल्याउने समुह र प्रहरी विच पटक पटक झडप समेत हुदै आएको छ ।