कनकाई अनलाईन
झापाका पुराना सर्जक तथा गायक हस्त परियारलाई स्वर सम्राट नारायण गोपाल स्मृति सम्मान प्रदान गरिएको छ ।
यहाँस्थित सप्तक संगीतालय बिर्तामोडको आयोजनामा आयोजित विशेष कार्यक्रमका विच परियारलाई उक्त सम्मान गरिएको हो ।
नारायण गोपाल स्मृति साँझ कार्यक्रमका विच गायक हस्त परियारलाई सभापति गायक प्रशिक्षक अपर्ण सापकोटा, प्रमुख अतिथि महिला नेतृ तथा महिला उद्यमी अध्यक्ष राधिका चुडाल, संप्तक संगितालयका संरक्षक कुशल पौडेल, सचिव मुना काफ्ले पौडेल, साहित्यकार कृष्ण पौडेल लगायातले संगित सर्जक तथा गुरु हस्त परियारलाई सम्मान गर्नुभयो ।
सो कार्यक्रममा सप्तक संगितालयका विद्यार्थीहरु साथै सारेगमप लिटल च्याम्सको उत्कृष्ट २० भित्र पर्न सफल सप्तक संगितालयका विद्यार्थीहरु संकार सापकोटा, स्मायल बजगाई, अनन्त मिश्र, प्रेक्षा भण्डारी, आज्ञा अधिकारी र गायक कृष्ण गौतम लगायातले स्वर सम्रात नारायण गोपालका कालजयी गितहरु गाएर माहौललाई संगितमय बनाएका थिए । सोही अवशरमा सप्तक संगितालयकी सल्लाहकार मुना बिमलीले स्वर सम्राट नारायण गोपालको जीवनी प्रस्तुत गर्नुभएको थियो भने सम्मानित व्याक्तित्व गायक हस्त परियारले नारायण गोपाल र आफ्ना २ गितहरु समेत प्रस्तुत गर्नुभएको थियो । गित संगित , साहित्य र समाजसेवाका क्षेत्रमा समेत कार्य गर्दै आइरहेको यस सप्तक संगितालयको स्थापना २०७४ सालमा झापा बिर्तामोड ५ मा भएको हो ।