कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ६ को हालै सम्पन्न उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्धारका रुपमा बिजयी हुनुभएका लक्ष्मीप्रसाद ओलीले आफ्ना मतदातालाई धन्यावाद ज्ञापन गर्नुभएको छ ।
विशेष कार्यक्रमका विच कनकाई ६ स्थित गायत्री मन्दिरमा आयोजित भव्य कार्यक्रमका विच ओलीले आफ्ना मतदाताहरुलाई धन्यावाद दिदै कनकाई स्वतन्त्र गणतान्त्रिक समाज र स्वतन्त्र पार्टी कनकाईको अथक सहयोगबाट आफुले निर्वाचन जित्न सकेको भन्दै आगामी दिनमा समेत आफुले निर्वाचन ताका गरिएका ३६ बुदे घोषणापत्र बमोजिमका कार्यक्रमहरु गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । ओलीले यहाँका जनताहरु पार्टीप्रतिको वितृष्णा बढेको र आफुले निरन्तर जनताको सेवामा जुटेकै कारण जित सम्भव भएको बताउँनुभयो । आफुले निर्वाचन विना खर्च सम्पन्न गरेको कारण पैसाकै कारण निर्वाचन लडन नसक्ने वातावरणको समेत अन्त्य भएको ओलीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई स्वतन्त्र गणतान्त्रिक समाजका संयोजक शेरबहादुर थापाले कनकाई ६ मा लक्ष्मी ओलीले स्वतन्त्र उम्मेद्धारका रुपमा बिजयी भएर दललाई सच्चिन कि सक्किन शन्देश दिएको बताउँनुभयो । अब हाम्रो मान्छे होईन राम्रो मान्छेका दिनहरु सुरु भएको भन्दै सुर्य पुर्वबाट उदाउने र यो शन्देश पनि सुदुरपुर्वी भेग झापा कनकाईबाट सुरु भएको थापाले बताउँनुभयो । कार्यक्रममा बोल्दै रास्वपा झापा क्षेत्र नम्बर ४ का संयोजक सम्भु ढकाल सुस्केराले आफुले कनकाईको निर्वाचनमा सबैभन्दा बढी मत पाएर बिजयको सुरुवात भएको र यसैको निरन्तता भएको बताउँदै आफु ११ कक्षामा पढदा जो जो नेताहरुले सक्ता सञ्चालन गरिरहेका थिए अहिले त्यहि नेताहरुले आफ्ना छोरा ११ कक्षामा पढदा पनि नेतृत्व गरिरहेको र देशलाई दिनानुदिन बर्वादीको बाटोमा लगिरहेको बताउँनुभयो । कार्यक्रममा रास्वपाको कोशी प्रदेश महामन्त्री लाल विक्रम थापाले आगामी ८४ सालको निर्वाचनमा पुराना दलहरुको भविष्य नरहेको यस निर्वाचनले संकेट गरेको बताउँनुभयो । रास्वपाका कनकाई ६ का अध्यक्ष घनेन्द्र बस्नेतको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको हो । रास्वपा कनकाई नगर सभापति नन्दकुमार चुडाल लगायातले मन्तव्य राख्नुभएको थियो ।