Kanakai Online

ओलीलाई गृह जिल्लामा विरोध गरेको आरोपमा सम्भु सुस्केरा सहित १२ प्रहरीको नियन्त्रणमा


आइतवार, मंसिर २३, २०८१ |

कनकाई अनलाईन
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृह जिल्लामा कालो झण्डा देखाउन खोजेको तथा विरोध गरेको भन्दै रास्वपा झापा क्षेत्र नम्बर ४ का संयोजक सम्भु सुस्केरा ढकाल सहित १२ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । झापा रास्वपाका नेता समेत रहनुभएका सम्भु ढकाल सुस्केरालाई मेचीनगर ४ आमडाँगीबाट ओली कार्यक्रम स्थलमा आउनुपुर्वनै प्रहरीले छक्काएर विना कारण पक्राउ गरेको सुस्केराले बताउँनुभयो । हामी बसिरहेका थियौ मलाई मात्रै प्रहरीले पक्राउ गरेर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखियो त्यस स्थानमा ओली १ बजे आएको तर आफुलाई १२ बजेनै पक्राउ गरेको र ५ घण्टासम्म इलाकामा राखेर कागज लेखेर छाडेको कनकाई अनलाईनलाई बताउँनुभयो । आफुलाई प्रहरीले झुक्याएर समातेको कारण कतिपय आफ्ना कार्यकर्तालाई जानकारी समेत नभएको ढकालले बताउँनुभयो । सरकारको यो रवैया देखेर मनै चकित छु ढकालले कनकाई अनलाईनसग छुटेपछि भन्नुभयो । यता झापाको दमकबाट प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने थप ११ जनाको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दमक चोकमा प्रधानमन्त्री ओलीको आगमनलाई लक्षितगरी कालो झण्डा देखाउने तयारी गरिरहेका ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री तथा शहरी बिकासमन्त्री प्रकाशमान सिंहलाई कालो झण्डा देखाउन खोजेपछि दमकको आकाशे पुल छेउबाट ११ जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । कोशी प्रदेश नामकरणको बिषयमा असन्तुष्टि पोख्दै आएका समूहले कालोझण्डा देखाउने तयारी गरेको थियो ।

प्रधानमन्त्री ओली आइतवार विहान गृह जिल्ला झापा आउनु भएको छ । उहाँ दमकको ब्यापारीक कम्लेक्स उद्घाटनका लागि यहाँ आउनेक्रममा सडकमा निस्केर प्रदर्शनकारीले प्रदर्शन गर्न खोजेपछि प्रहरीले विहानैदेखि सुरक्षा ब्यवस्था कडा बनाएको थियो । आफ्ना ११ जना कार्यकर्तालाई विनाकारण प्रधानमन्त्रीको विरोध गर्न खोजेकै आधारमा पक्राउ गरिएको संघीय लिम्बुवान प्रन्तिय मन्च झापा अध्यक्ष समेत रहनुभएका प्रदेश १ पुननामङ्न समितिका सहसंयोजक राजा आङथोपोले कनकाई अनलाईनलाई बताउँनुभयो । पक्राउ गरिएका सबै कार्यकर्तालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको समेत आङथोपोले बताउँनुभयो ।