Kanakai Online

समाजवादको यात्रामा वडा सरकार गिटी चाल्ने मजदुरलाई वेल्चा र जाली उपहार


शुक्रवार, मंसिर २१, २०८१ |

कनकाई अनलाईन

कम्युनिष्ट सरकार फोस्रा नारामा मात्रै सिमित भइरहेको चर्को आवाज उठिरहेको बेला यहाँस्थित कनकाई नगरपालिका ४ नम्बर वार्डले भने आफ्नो वडाका मजदुरहरुको आवश्यकतालाई मध्यनजर गर्दै बिहिवार मजदुरलाई चाहिने बेल्चा, जाली लगायातका सामाग्री प्रदान गरेका छन ।

कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदि, वडा सदस्य तथा कार्यपालिका सदस्य लक्ष्मी कटुवाल कार्की , वडा सदस्यहरु मोहन संग्रौला र राजु प्रसाईले कनकाई ४ त्रिवेणी टोल क्षेत्र कनकाई नदिको किनारमा बस्दै कनकाई नदिको वालुवामा गिट्टी चाल्दै आएका स्थानियलाई गिट्टी चाल्न आवाश्यक समाग्री वेल्चा र काठको फ्रेम सहित तयारी अवस्थाको जाली वितरण गरेका हुन ।

सामाग्री वितरण गर्दै कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीले कनकाई ४ मा वसेर कनकाई र विरङ्ग नदिमा गिट्टी चालेर जिवन चलाउदै आएका आर्थिक अवस्था कम्जोर भएका नागरिकलाई थोरै भएपनी राहात मिलोस भनेर उहाहरुको आबाश्यकतामा वडा सारथी बन्न सकोस भन्ने उदेश्यले गिट्टी चाल्न आवाश्यक शामाग्री जालि र वेल्चा वितरण गरिएको वताए ।

वडा भित्रका लगभग २५ परिवारले गिट्टी चाल्दै आएको र उनिहरु सबैलाई उक्त सामाग्री वितरण गरिने कार्यक्रम अनुसार पहिलो चरणमा त्रिवेणी टोल क्षेत्रका १५ परिवारलाई वेल्चा र तयारि जालि बितरण गरिएको वडा अध्यक्ष सुवेदीले वताए । वाँकी रहेका टेक्रा क्षेत्रका गिट्टि चाल्ने मजदुर हरुलाई पनि चाडै उक्त सामाग्री वितरण गरिने पनि सुवेदीले जानकारी गराए ।

जालि र वेल्चा पाएपछि खुसी हुदै कनकाई नदिमा विगत १३ बर्ष अघि देखी गिट्टी चाल्दै आएका चन्द्रबहादुर सुनार , ११ बर्ष अघि देखी गिट्टी चाल्दै आएका कान्तलाल ऋषिदेव र कनकाई ४ मा बसेर विरिङ्ग नदिमा विगत ५ बर्ष देखी गिट्टि चाल्दै आएका मिना ऋषिदेव लगायतले आफु हरुले यति लामो समय देखि गिट्टी चाल्दै आउदा अहिले सम्म तिमिहरुको समस्या के छ ? भनेर सोध्न समेत कोही नआएको वताउदै अहिले वडाले आफुहरुलाई सामाग्री नै तयार गरी वितरण गर्दा स्थानीय सरकार घरसम्म आएको महसुस भएको भन्दै वडा परिवारलाई धन्यवाद दिएका छन ।
उनिहरुले गिट्टी बालुुवा चाल्न प्रमुख आवाश्य सामाग्री पाउदा राहात मिलेको पनि वताएका छन । भने यता कम्युनिष्ट सरकार आइकन पहिलोपटक मजदुर पक्षमा काम गरेको भन्दै समाजवादको सक्कली यात्रामा वडा सरकार हिडेको यहाँका बुद्धिजिविले बताउँदै आएका छन ।

सम्बन्धित खबर