Kanakai Online

कनकाई प्याब्सनद्धारा बिजयी विद्यार्थीलाई पुरस्कृत


बुधवार, मंसिर १९, २०८१ |

कनकाई अनलाईन
कनकाई नगर प्याब्सनद्धारा आयोजना गरिएको विविध अतिरिक्त कार्यक्रममा बिजयी बिद्यार्थीलाई पुरस्कृत गरिएको छ ।
कनकाई नगरपालिका ७ स्थित नवयुग शिक्षा निकेतनमा आज आयोजित अतिरिक्त क्रियाकलाप अन्र्तगत खेलकुद प्रतियोगिता २०८१ का विविध खेल विधामा प्रतियोगितामा बिजयी हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो ।

जसमा टिटी आधारभुत तह सिङ्गल छात्रा तर्फमा प्रथम हुने ग्लोबल एडुकेयर र दोस्रो हुने पारिजात शिक्षा निकेतन, छात्रा तर्फ हरिकुल नमुना मावि र दोस्रो हुने बेनुबाजा अंग्रेजी मावि, यसैगरि माध्यमिक तहतर्फ छात्रातर्फ झापा मेरिगोल्ड अंग्रेजी मावि प्रथम र माउन्ट अन्र्नपूर्ण दोस्रो हुदै पुरस्कृत भएका छन ।

यसैगरि माध्यमिक तह छात्र तर्फ हरिकुल नमुना मावि प्रथम र दोस्रो प्यारागन एकाडेमी हुदै पुरस्कृत हुनपुग्यो । यता आधारभुत तहतर्फ डवल्स टिटीमा पशुपति मावि प्रथम र ग्लोबल एडुकेयर दोस्रो हुदै पुरस्कृत हुदा छात्रा तर्फ डबल्समा हरिकुल नमुना मावि प्रथम र पश्ुपति अंग्रेजी मावि दोस्रो हुन सफल हुदै पुरस्कृत भएका हुन ।

यसैगरि मावि तर्फ टिटी डबलमा छात्रामा ग्लोबल एडुकेयर प्रथम र हरिकुल नमुना दोस्रो तथा छात्र तर्फमा हरिकुल नमुना प्रथम र पशुपति मावि दोस्रो हुदै पुरस्कृत भएका हुन । यसैगरि भलिबल तर्फ उच्च माविमा छात्रा तर्फ झापा मेरीगोल्ड प्रथम र पशुपति मावि दोस्रो तथा छात्र तर्फमा समेत पशुपति मावि प्रथम र झापा मेरिगोल्ड दोस्रो स्थान हात पारेका छन । यता मावि सम्मको छात्रा भलिवलमा बेनुबाजा अंग्रेजी मावि प्रथम र विद्योदय मावि दोस्रो तथा छात्र तर्फमा झापा मेरिगोल्ड प्रथम र व्रिद्योदय अंग्रेजी मावि दोस्रो भएका छन ।
क्रिकेट खेलमा मावि तर्फमा झापा मेरीगोल्ड प्रथम र दिव्यरत्न अमावि दोस्रो हुदै पुरस्कृत हुदा १२ बषमुनिको फुटबल तर्फ पशुपति अंग्रेजी मावि प्रथम र नवयुग शिक्षा निकेतन दोस्रो हुदै पुरस्कृत भएका हुन । यता १५ बर्ष मुनिका छात्र फुटबलमा नवयुग शिक्षा निकेतन प्रथम र हरिकुल नमुना मावि दोस्रो भएका छन ।
यसरी पदक सख्याका आधारमा पशुपति अंग्रेजी माविले ६ पदक, हरिकुल नमुनाले समेत ६ पदक, झापा मेरिगोल्डले ५ पदक, र ग्लोबल एडुकेयरले ३ पदक विद्योदय, नवयुग, बेनुबाजाले समान २ पदक र प्यारागन,माउण्ट अन्नपुर्ण, दिव्यरत्न र पारिजातले समान १ पदक जितेका हुन ।
प्याब्सन कनकाईका अध्यक्ष विनोद उप्रेतीको सभापतित्व तथा कनकाई नगरपालिका शिक्षा तथा खेलकुद साखाका प्रमुख राजकुमार ओडारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा प्याब्सन कोशी प्रदेश सदस्य भानु राजवंशी, प्याब्सन झापा जिल्ला उपाध्यक्ष टिआर गौतम, कनकाई नगर शिक्षा तथा खेलकुद साखा अधिकृत रोहितकुमार पौडेल, कनकाई नगर प्याब्सनका संस्थापक बिनोदकुमार सुब्बा, कनकाई नगर खेलकुद विकास समिति अध्यक्ष जविन तिम्सिना, कनकाई नगर प्याब्सन कोषाध्यक्ष बिमान लामा, प्याब्सन नगर सदस्य रोषन केसी, प्याब्सन कनकाई नगरका पुर्व सचिव मोहन थापा लगायातले बिजयी विद्यार्थीलाई शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।