कनकाई अनलाईन
लामो समय देखी झापाको कनकाई नगरपालीकामा रहेर साहित्य र सङ्गित क्षेत्रमा गतिविधि गर्दै आएका दुई स्थापित तथा फरक फरक संस्था कनकाई प्रतिभा प्रतिष्ठान र संङ्गित साधना कला केन्द्रले एकै थलोमा साहित्यिक एवं साङ्गितिक कार्यक्रम सम्पन्न गरेका छन । भने सोही अवशरमा दुई कृतिको समेत विमोचन एकसाथ गराएका छन ।
कनकाई प्रतिभा प्रतिष्ठान र संगित साधना कलाकेन्द्रको संयुक्त आयोजनामा शनिवार कनकाई ३ सुरुङ्गामा रहेको कला केन्द्रको सभाहल उद्घाटन संगै सोहि हलमा विविध साहित्यिक एवं साङ्गितिक कार्यक्रम गरिएको हो ।
कार्यक्रम अन्तर्गत कनकाई प्रतिभा प्रतिष्ठानले बार्षिक रुपमा नियमित प्रकाशन गर्दै आएको कनकाई प्रवाहको सातौ तरङ्गको रुपमा यस पटक प्रकाशन गरेको संस्मरण विशेषाङ्क अनावरण गरिएको थियोे । उक्त संस्करण विशेषाङ्कको कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ पवन सिंह राजवंशी , कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी , साहित्यकार कोमल प्रसाद पोखरेल, जिवनहरी शर्मा , साहित्य चौतारिका संस्थापक अध्यक्ष देविभक्त श्रेष्ठ , सङ्गित साधना कलाकेन्द्रका संस्थापक सदस्य एवं अक्षयकोष संरक्षक लिला प्रसाद चिमरिया कार्यक्रमका अध्यक्ष जिवनाथ सुवेदीले संयुक्तरूपमा गर्नुभएको थियोे ।
उक्त संस्करण विशेषाङ्कको समिक्षा समिक्षक भिम दाहालले गर्नुभएको थियोे । पुस्तकको समिक्षा गर्दै दाहलले संस्करण विशेषाङ्कका सर्जकहरुले कहिकतै पनि भावनामा बगेर यथार्थ संस्करणलाई अतिरन्जित नगरी जस्ताको तस्तै चित्रण गरेको हुदा सर्जकहरु अति ईमान्दार रहेको वताउनु भएको । उहाले संस्करणमा साहित्यका नवरसहरु मध्ये श्रृङ्गारीक रस बाहेक सबै रसहरु प्रयोग भएको पनि जानकारी गराउनु भयो । यहाँ भएका संस्करणले बिभिन्न देशका बिभिन्न स्थानको परिचय समेत दिनुका साथै धार्मिक , सामाजिक , पारिवारिक लगायतका विभिन्न विषयबस्तु समेट्न सफल भएको हुदा संस्करण विशेषाङ्क मनन् योग्य , पठन योग्य रहेको पनि समिक्षक दाहालले वताउनु भयो ।
तेस्तै कार्यक्रममा गायिका तुलसा तिम्सिना पाठकको एकल स्वरमा रहेको कृष्ण दर्शन भाग – २ भजन सङ्ग्रहको समेत लोकार्पण गरिएको थियोे । उक्त भजन संग्रहमा जिवनाथ सुवेदी , पुर्णलाल श्रेष्ठ र दुर्गा ओलीका रचना समेटिएको छ भने पुर्णलाल श्रेष्ठले आफ्नो रचनामा आफै संगित भर्नुभएको छ । अन्य सबै रचनामा सङ्गीतकार ध्रुव पाठकको संगित रहेको छ ।
उक्त भजन संग्रहको समिक्षा गर्दै समिक्षक शैक्षिक व्यक्तित्व डा. पुण्यप्रसाद सिग्देलले यस सङ्ग्रहमा रहेका भजनहरु गाउदा , सुन्दा थाहै नभई भक्ति भावमा सजिलै समर्पित हुने वताउनु भयो । सबै भजनहरुमा स्वर , संगित र शब्दको गतिलो समायोजन भएकोले कर्णपिर्य रहेको पनि उहाले वताउनु भयो । प्रमुख अतिथि पवन सिंह राजवंशी , विशिष्ट अतिथि कृष्ण योञ्जन लगायतले जिवनाथ सुवेदीको रचनामा रहेको भजनको भिडियो प्ले गरेर लोकार्पण गरिएको भजनको समिक्षा गर्दै यस भजनका शब्दमा भक्ति भाव सङ्गै संयोग हुनसक्छ “ शुदर्शन विना जिव…“ भन्ने बाबु जिवनाथ र स्वर्गीय छोरा शुदर्शन नाम अंकित शव्द र दृस्य चित्रले भावविह्वलनै वनाउने पनि समिक्षक सिग्देलले वताउनु भयो ।
कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा र स्वर सम्राट नारायण गोपालको स्मृतिमा कवि जिवनहरि शर्मा , पुण्य बराल , कमला सुवेदीबाट रचना वाचन सहित गायक झलक संग्रौला , तुलसा तिम्सिना पाठक , रविन मैनाली , लता चिमरिया , धनमनया गजुरेल साथै संगित साधना कलाकेन्द्रका विद्यार्थीहरुबाट साङ्गितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
सोहि अवसरमा कनकाई नगर उपप्रमुख आशाशर्मा शिवाकोटीले संगित साधना कलाकेन्द्रले सञ्चालनमा ल्याएको अक्षयकोष श्रीवृद्धिका लागी व्यक्तिगत रुपमा नगद ५१ हजार १ सय पच्चपन्न रुपैयाँ कलाकेन्द्रका संस्थापक ध्रुव पाठक र अध्यक्ष तुलसा तिम्सिना पाठकलाई हस्तान्तरण गर्नु भएको थियोे ।
उक्त रकम हस्तान्तरण गर्दै नगर उपप्रमुख शिवाकोटीले नगर भित्र संगितमा विशेष रुचि रहि आर्थिक अवस्थाका कारण प्रशिक्षण लिन नसकिरहेका कोही हुनुहुन्छ भने आफ्नो वडा र संगीत विद्यालयबाट सिफारिस लिई नगरमा आए प्रशिक्षणको व्यवस्थापन नगरले गरिदिने प्रतिवद्धता समेत जनाउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि प्राज्ञ पवन सिंह राजवंशी , विशिष्ट अतिथि कृष्ण योञ्जन , विशेष अतिथि यज्ञराज ओली , अखिलकुमार कोईराला लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियोे भने झापा र झापा जिल्ला बाहिरका साहित्यकार , सङ्गित कर्मी र स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको समेत आतिथ्यता रहेको थियोे ।
कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जिवनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत सङ्गित साधना कलाकेन्द्रका सचिव दिलिप कुमार खतिवडाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन कलाकेन्द्रका संस्थापक ध्रुव पाठकले गर्नु भएको थियोे । कार्यक्रम संचालन कनकाई प्रतिभा प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपाने र कलाकेन्द्रका सहसचिव लेखनाथ गुरगाईले गर्नुभएको थियोे ।