कनकाई अनलाईन
कनकाई नगरपालिका वडा नम्बर ६ को आज सम्पन्न वडाअध्यक्ष पदको उम्मेद्धारमा स्वतन्त्र उम्मेद्धार लक्ष्मी ओली अत्याधिक मतका साथ बिजयी भएका छन ।
चापाकल चुनाव चिन्ह लिएर उठेका ओलीले १३७ मत अन्तरले एमाले उम्मेद्धार तुलाराम बस्नेतलाई पराजित गरेका हुन । चापाकल चिन्हबाट उठेका लक्ष्मीप्रसाद ओलीले जम्मा ४ सय ९३ मत प्राप्त गर्दा दोस्रो हुने एमाले उम्मेद्धार सुर्य चिन्हका तुलाराम बस्नेतले ३५६ मत मात्रै प्राप्त गरेका थिए । एमाले उम्मेद्धार बस्नेतलाई स्वतन्त्र उम्मेद्धार लक्ष्मी ओलीले १३७ मतले पराजित गरेका हुन । यसै निर्वाचनमा तेस्रो स्थानमा भने नेपाली कांग्रेसका राम गोपाल ओली हुनुभयो ओलीले जम्मा ३१७ मत प्राप्त गर्नुभयो । यसैगरि चौथो स्थानमा नेकपा माओवादी केन्द्रका उम्मेद्धार गणेश थापाले २७७ मत प्राप्त गरे । यसैगरि यस निर्वाचनमा माओवादी पार्टी बाहेक सबै अन्य उम्मेद्धारको जमाना जफत भएको छ । यस निर्वाचनमा पाचौ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी भयो राप्रपा उम्मेद्धार नारायणप्रसाद निरौलाले २६ मत प्राप्त गर्यो यसैगरि छैठौ स्थानमा मंगोल नेशनश पार्टीका पदमबहादुर तामाङ्गले २० मत प्राप्त गर्नुभयो ।
यसैगरी सातौ स्थानमा जनमत पार्टीका शुकलाल राजंबशी हुनुभयो उहाँले माईक स्पीकर चिन्हबाट ९ मत ल्याउनुभयो भने आठौ स्थानमा नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी हुनुभयो उहाँले ६ मत प्राप्त गर्नुभयो । यस निर्वाचनमा आफ्नो समर्थक तथा प्रस्तावक समेतको मत नपाउने पार्टीमा भने संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेको छ । अन्तिममा रहेको यस पार्टीका उम्मेद्धार दलबहादुर श्रेष्ठले दाप सहितको खुकुरीमा जम्मा २ मत प्राप्त गरेका छन ।
कनकाई ६ को आज सम्पन्न उपनिर्वाचनमा कुल २०५८ मतदाता मध्ये १५१३ मत खसेको थियो जसमा ९ मत बदर भएको थियो । आज निर्वाचन भएकोमा आजै राती करिब १२ बजे अन्तिम नतिजा आएको हो ।
यस निर्वाचन केन्द्रबाट कुल मतदाता मध्ये ७३.५१ प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताउँनुभयो ।
जसमा ८ सय २४ महिला र ६८९ जना पुरुष मतदाताले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
कनकाई ६ मा ८ दल र १ स्वतन्त्र सहित ९ जना उम्मेद्धारले निर्वाचनमा सहभागि हुनु भएको थियो ।
निर्वाचन जितेसगै कनकाई अनलाईनसग कुराकानी गर्दै आफुले निर्वाचनमा भोट माग्न जादा गरेका बाचा तथा ३६ वुदे घोषणा पुर्ण पालना गर्ने बिजयी हुने लक्ष्मी ओलीले बताउँनुभयो ।
बिजयी भएसगै आज रातीनै ओलीका समर्थकले नाराबाजी सहित र्याली गरेका छन ।
झापा जिल्ला हालका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्रकुमार लिङदेनको गृह जिल्ला भएकोले समेत यी सबै दलले यस निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएर हेरिएको थियो ।