Kanakai Online

कनकाई ६ को उपनिर्वाचन मतदाताको गोजीमा खैनी र चुरोट


आइतवार, मंसिर १६, २०८१ |

कनकाई अनलाईन
कनकाई ६ को आज भएको उपनिर्वाचनमा मतदान गर्न आउने मतदातको गोजीबाट खैनी र चुरोट फेला परेको छ ।
कनकाई नगरपालिका एक बर्ष पहिले मात्रै धुम्रपान निषेधित नगरि घोषणा भएको हो । तर आज सम्पन्न निर्वाचनमा प्रहरीले शरिर खानतलासी लिदा प्राय धेरैको गोजीबाट खैनी र चुरोट फेला परेको छ । निर्वाचनका बेला भोट हाल्न आउँदा मोवाईल बोक्न नहुने थापा भएपनि खैनी पनि साथमा लिएर जान नपाइने थाहा नभएर गोजीमा लिएर आएको अधिकांसको भनाई रहेको छ । निर्वाचनमा भोट हाल्न आउने महिला मतदातालाई महिला प्रहरी तथा पुरुष मतदातालाई पुरुष प्रहरीले खानतलासी लिने गरेको थियो । खानतलासी लिदा मोवाईल भन्दा पनि बढी मात्रमा खैनी, लाईटर र चुरोट फेला परेको खानतलासीमा संलग्न प्रहरीको भनाई छ । तपाईलाई खैनी चुरोट खानु हुदैन भन्ने थाहा छैन भन्ने कनकाई अनलाईको प्रश्नमा एक मतदाताले आफुलाई यस वारेमा थाहा भएपनि तलतल लाग्ने र छाडन नसकेको बताउँनुभयो ।
कनकाई नगरपालिकालाई सुर्ति निषेधित नगरि घोषणा गरेपनि जनचेतनाका क्षेत्रमा विना तयारी छिटो घोषणा गरिएकोले निर्णय कार्यान्वयन कागजी रुपमा मात्रै भएको स्थानीयको भनाई छ ।