कनकाई अनलाईन
कनकाई नगरपालिका ३ का कार्यवाहक अध्यक्ष गोविन्द सुवेदीले वार्डमा रहने सबै भाडामा बस्ने नागरिकहरुको विवरण र परिचय खुल्ने प्रमाणहरुसहितको विवरण ३५ दिनभित्र आफ्नो वडामा बुझाउन उर्दी जारी गरेका छन ।
आजै वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यवाहक वडाध्यक्ष सुवेदीले कनकाई ३ मा सबै घरबेटीहरुले आआफ्नो घरमा भाडामा बस्नेहरुको विवरण र आधार प्रमाण खुल्ने कागजात र विवरण वडामा दिन अनुरोध गर्नुभएको हो । केहिदिन पहिले मात्रै कनकाई नगरपालिका ३ कै स्थानीय लीला संग्रौलाको घरै भाडामा लिएर बसको एक मुस्लिम समुदायले घरभित्र राष्ट्रिय जनावार गाईलाई चोरी गरि ल्याएर कोठाभित्रै हत्या गरी मासु पकाएर खाएको घटनापछि वडाले यस्ता गलत हर्कत गर्नेहरु कोहीपनि यसरी नबसुन भन्दै आफ्नो वार्डमा रहने बस्ने सबैको विवरण वडामा दिनका लागि अनुरोध गरिएको र यसरी ३५ दिनभित्र कसैले नदिएमा कार्वाही गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । यसैगरि सुरुङ्गा बजार क्षेत्रमा अव्यपस्थित अरिकाले झुण्डिएको केवल तारहरुले गर्दा सडक दुर्घटना बढाउनुको साथै शहर कुरुप देखिएको भन्दै १५ दिनभित्र वार्डकार्यालयमा आउन र यसलाई व्यवस्थि त गर्न समेत अनुरोध गरिएको वडाध्यक्ष सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा कार्यपालिका सदस्य समेत रहनुभएकी वार्डसदस्य कृष्णमाया भुजेल र वार्डसदस्य सुष्मा परियारले समेत नगर र अन्य पालिकाहरुले समेत आफ्नो वार्डको सिको गरुन भनेर कनकाई नगरपालिका ३ बजार क्षेत्र समेत रहेकोले आफुहरुले निर्णय गर्नुपरेको बताउँनुभयो । पत्रकार सम्मेलनको सञ्चालन कनकाई नगरपालिका ३ का वडासचिव कमल भण्डारीको सञ्चालन तथा कार्यवाहक वडाअध्यक्ष गोविन्द सुवेदीको सभापतित्वमा आयोजना गरिएको हो । कार्यवाहक अध्यक्ष सुवेदीको यस कार्यलाई हाल वालेन शैली भन्दै प्रसंसा गरिएको छ ।