कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३, सुरुङ्गा टप्पुमा चोरी गरी एक लौनो गाई काटेर हत्या गरिएको छ ।
कनकाई नगरपालिका ३ टप्पुस्थित लीला संग्रौलाको घरमा डेरा गरी बस्ने एक मुस्लिम परिवारै मिलेर स्थानीय दुर्गा सेलुवालको लौनो गाई राती चोरी गरि डेराभित्र ल्याएर आज राती काटेर मासु समेत पकाएर खाएका थिए ।
गाई चोरी गर्ने क्रममा चोरी गर्ने समुहले गाईको थलोमै आफ्नो मोवाईल समेत झारेपछि विहान गाई हराउनु र गाईको थलोमा मोवाईल समेत भेटिएपछि मोवाईल धनी पत्ता लगाउने क्रममा बाह्रदशी निवासी हाल कनकाई ३ टप्पुमा डेरा गरि बस्ने बुदोना आलमको डेरामा गाई काटेको अवस्थामा फेला परेको हो । उनीहरुको परिवारले गाई काटी मासु पकाएर खाएको अवस्थामा फेला परेको थियो । गाई काटेर खाएको पत्तो पाएर पक्राउ पर्ने भयले उनीहरु घर डेरा छाडेर भागेका थिए । उनीहरुमध्ये मुख्य व्याक्ति बुदोनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद चन्दले बताउँनुभयो । घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । यता गौहत्यामा संलनलाई कडा कार्वाहीको माग गर्दै सुरुङ्गा बजार र कोटीहोम क्षेत्रमा चक्काजाम गरि विरोध जनाएका छन ।