Kanakai Online

केपी ओलीको गृह जिल्लामा कांग्रेस एमालेलाई दोब्बर मत अन्तरले हराउदै माओवादी उम्मेद्धार बिजयी


सोमवार, मंसिर ३, २०८१ |

कनकाई अनलाईन
देशभरमा हिजै मात्रै ४४ स्थानमा स्थानीय रिक्त स्थानमा उपनिर्वाचन मनोनयन दर्ता हुदै छ । यी निर्वाचनमा देशका सक्ता साझेदार दलहरु एमाले र कांग्रेसहरु एक्ला एक्लै निर्वाचनमा होमिएका छन । उनीहरु एक्ला एक्लै आगामि निर्वाचन भीडने भाषण गरिरहदा झापाकै प्रधानमन्त्री जिल्लाको एउटा निर्वाचनबाट यी ठुला दलहरु झस्किएका छन ।
झापाको मेचीनगर–१२ स्थित चारआली साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा कांग्रेस एमालेका उम्मेद्धारलाई दोब्बर मत अन्तरले पराजित गर्दै माओवादीका उम्मेद्धार राजन चिमरिया अध्यक्षमा बिजयी भएका छन । यो मत परिणामबाट एकपटक झापाबाटै ठुला दलहरु झस्किएका छन् ।
खानेपानी संस्थाको निर्वाचनमा नेपाली काँग्रेसको लोकतान्त्रिक समूह,नेकपा एमालेको प्रगतिशील समूह तथा नेकपा माओवादी केन्द्रसहित रास्वपा लगायातका अन्य दलको साझा उम्मेद्वार समूह चुनावी प्रतिस्पर्धा थिए । आइतबार सम्पन्न अन्तिम मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालसहित सातवटा दलको संयुक्त प्यानलका साझा उम्मेद्वारहरु १२ पद मध्ये एक सदस्य बाहेक सबै पदमा विजयी बनेका छन् ।
यो मतपरिणामबाट देशका ठूला भनिएका नेकपा एमाले र नेपाली काँग्रेस २०८४ को निर्वाचनमा अब के गर्ने भन्ने सोचमा पुगेका छन् । नेकपा एमाले र नेपाली काँग्रेस एक्लाएक्लै चुनावमा उत्रिएका थिए ।

खुल्ला सदस्यमा नेकपा एमालेका हरिप्रसाद घिमिरेबाहेक सवै विजयी उम्मेद्वार सात गठबन्धनका हुन् ।तीन लेखा समितिसहित १२ पदका लागि भएको मतदानमा ११ पदमा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालसहित सातवटा दलको संयुक्त प्यानलका साझा उम्मेद्वारहरु विजयी भएका हुन् । नेकपा माओवादी केन्द्र मेचीनगरका अध्यक्षसमेत रहेका सात गठबन्धनतर्फका साझा उम्मेद्वार बनेका राजन चिमरिया ९११ मत प्राप्त गर्दैं अध्यक्ष पदमा विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका सन्तोषकुमार मेचेले ४९३ र नेपाली काँग्रेसका बालकुमार विष्ट २७२ मतमा सीमित रहे ।

नेकपा एमालेका पुष्पा गौतम खनाललाई ८९ र नेपाली काँग्रेसका उम्मेद्वार दिपा आचार्य पौडेललाई २२४ मतान्तरले पछि पार्दैं गठबन्धनकै मैया कार्की उपाध्यक्षमा विजयी बनिन् । निर्वाचन समितिका अनुसार कार्कीले ६०९, खनालले ५२० र पौडेलले ३८५ मत प्राप्त गरेका थिए ।

सचिवमा साझाका प्रेमराज घिमिरे ६६४ मत प्राप्त गरी विजयी भए । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता हुन् । सचिवका प्रतिस्पर्धीहरु काँग्रेसका राजेन्द्रप्रसाद रिजालले ३४२ र एमालेका दामोदर घिमिरेले ५१६ मत प्राप्त गरे । नेपाली काँग्रेसका यमकान्त पौडेल र नेकपा एमालेका प्रकाश बरालको समितिको कोषाध्यक्ष बन्ने धोकोमा पूर्णविराम लागेको छ । दुवैजना गठबन्धनका साझा उम्मेद्वार साउन मेचे (बादल)सँग पराजित भएपछि कोषाध्यक्षको कुर्सीमा बस्ने ढोका बन्द भएको हो । अन्तिम मतपरिणामअनुसार मेचेले ५७७, काँग्रेसका यमकान्त पौडेलले ३७८ र एमालेका प्रकाश बरालले ५५८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, साविकको वडा नम्बर ४, ५ र ६ बाट सदस्य पदका साझा उम्मेदवार पुरुषोत्तम सिग्देल ६१९ मतका साथ विजयी भए । उनका प्रतिस्पर्धीहरु काँग्रेसका लक्ष्मी घिमिरेले ३४७ र एमालेका कुमारप्रसाद भण्डारीले ४९३ मत मात्र पाए ।

साविकको वडा नम्बर ४, ५ र ६ बाट महिला सदस्य साझाकी चन्द्रकला तदेबुङ्ग ६१३ मत ल्याएर विजयी हुँदा काँग्रेसका रम्भाकुमारी राजवंशीले ३४२ र एमालेकी लिलादेवी कार्कीले ५१० मत पाए । साविकको वडा नम्बर १, २, ३ र ४ बाट साझाका तेजबहादुर लिम्बू ६७३ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धीहरु काँग्रेसकी धनमाया बस्नेतले ३४४ र एमालेका राजेन्द्र कार्कीले ५०० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

साविकको वडा नम्बर ५ र ६ खुल्लाबाट एमालेका हरिप्रसाद घिमिरे ५८३ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धीहरु साझाका डिल्लीराम अधिकारीले ४७८ र काँग्रेसका सुकुमार मेचेले ३९६ मत मात्र प्राप्त गरे ।

यस्तै साविकको वडा नम्बर ५ र ६ महिलाबाट साझाकी अञ्जु फेवादिनले ५८९ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धीहरु काँग्रेसकी शान्ता नेम्बाङले ३६२ र एमालेकी भगिरथा खतिवडाले ३०६ मत मत्र पाए । लेखा समिति संयोजकमा साझाका अर्जुन खनाल ५६२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धीहरु काँग्रेसका मोहन अधिकारीले ५०८ र एमालेका रेवतकुमार दाहालले ४७१ मत ल्याए ।

त्यस्तै खुल्ला सदस्यमा साझाका रुद्रप्रसाद रिजालले ६२४ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धीहरु काँग्रेसका हरिप्रसाद रिमालले २२८ र एमालेका श्रीप्रसाद थापाले ४७९ मतमा चित्त बुझाउनु पर्यो । महिला सदस्यमा साझाकी रितादेवी रिजाल न्यौपाने ५७९ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धीहरु काँग्रेसकी जमुनादेवी ओली खरेलले ३२१ र एमालेकी विमला मिश्र विष्टले ५३० मत मात्र पाए ।

नेकपा एमालेबाट सदस्यमा उम्मेदवार भएका हरिप्रसाद घिमिरेबाहेक साझा समूहको नेतृत्व गरेका माओवादीका चिमरियाको प्यानलै विजयी भएका छन् । यो निर्वाचनको परिणामले आगामी २०८४ सालको निर्वाचनमा एक्लाएक्लै लड्ने वा गठबन्धन गर्ने दलहरुले सोच्ने संकेत गरेको नेपाली काँग्रेसका एकजना नगरस्तरीय नेताको प्रतिक्रिया छ । साथै यस निर्वाचन मत परिणामले झापाको कनकाई ६ मा आगामी मंसिर १६ गते हुन लागेको उपनिर्वाचनमा समेत संकेट गरिसकेको आम बुझाई छ ।

सम्बन्धित खबर