Kanakai Online

कनकाई ६ का ९ उम्मेद्धार


आइतवार, मंसिर २, २०८१ |

लीलाराज झापाली/ प्रेमबहादुर तामाङ
झापाको एकमात्र उपनिर्वाचन हुन गईरहेको कनकाई नगरपालिका ६ मा एक स्वतन्त्र सहित ९ उम्मेद्धारले उम्मेद्धारी दर्ता गराएका छन ।


नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, मंगोल नेशनल अर्गानेशन, संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्च, जनमत पार्टी र एक स्वतन्त्र गरि ९ जनाले उम्मेद्धारी दर्ता गराउँनुभएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईटेलले बताउँनुभयो । उम्मेद्धारी दर्ताका लागि सबै दल र स्वतन्त्र समेतले आफ्नो दलबल सहित निर्वाचन दर्तास्थलसम्म पुग्नुभएको थियो । झापाको कनकाई ६ का वडाध्यक्ष दिर्घबहादुर थापाको गत असारमा मृत्यु भएसगै निर्वाचन हुन लागेको हो । झापामा उम्मेद्धारी दर्तासगै निर्वाचनको सरगर्मी बढेर गएको छ ।

आज भएको निर्वाचनको उम्मेद्धारी दर्तामा नेकपा माओवादी, एमाले, कांग्रेस, मंगोल अर्गानेशन पार्टी र स्वतन्त्र उम्मेद्धारी दिनुभएका लक्ष्मी ओलीले आफ्नो आफ्नो दलबल र नारा जुलुस सहित उम्मेद्धारी दर्तामा जानुभएको थियो । उहाँहरुको उम्मेद्धारी दर्ता हेर्दा बिजय र्याली जस्तो देखिन्थीयो । आजै उम्मेद्धारी दर्ता गराउनेहरुमा शेरबहादुर थापाको स्वतन्त्र गणतान्त्रिक समुह र राष्ट्रिय स्वतन्त्र पार्टी समेतको समर्थन पाएका लक्ष्मी ओली, नेकपा एमालेका तुलाराम बस्नेत,माओवादी केन्द्रका गणेश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नारायणप्रसाद निरौला, मंगोल नेशनल अर्गानाईजेशनबाट पदमबहादुर तामाङ, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, जनमत पार्टीबाट शुकलाल राजवंशी, सघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठको उम्मेद्धारी परेको झापा कनकाई नगरपालिका ६ का मुख्य निर्वाचन अधिकृत तथा झापा जिल्ला अदालतका न्यायधिस उमेशप्रसाद लुईटेलले कनकाई अनलाईनलाई बताउँनुभयो । .


आज उम्मेद्वारी दिएका उम्मेदवारहरुको भोली उम्मेद्वारीको दावी विरोधको समय रहेको र यसबाट छानविन पछि अन्तिम नामावली प्रकाशन गरिने झापा निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले कनकाई अनलाईनलाई बताउँनुभयो । यता अन्य बेला मुस्किलले मात्रै अवशर पाउने आदिवाशी जनजातिहरुले प्रत्यक्ष निर्वाचनमा यस निर्वाचनमा भने धेरैले अवशर पाएका छन । यस निर्वाचनमा सहभागि ८ दल मध्ये ४ जना उम्मेद्धार भने आदीवाशी जनजाति क्लस्टरबाट परेका छन ।

सम्बन्धित खबर