Kanakai Online

कनकाई ६ मा निर्वाचन कार्यालयको स्थापना


शुक्रवार, कार्तिक ३०, २०८१ |

लीलाराज खड्का
झापाको एकमात्रै उपनिर्वाचन हुने क्षेत्र कनकाई नगरपालिका ६ मा स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचनको कार्यालय स्थापना गरिएको छ ।


शुक्रवार झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, मुख्य निर्वाचन आयुक्त झापा जिल्ला न्यायधिस उमेशप्रसाद लुईटेल, कनकाई नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, जिल्ला प्रहरी प्रमुख मिलन केसी लगायात झापा जिल्ला तथा स्थानीय दलका प्रतिनिधिको उपस्थितिमा कनकाई नगरपालिका ६ मा निर्वाचन प्रयोजनका लागि कार्यालयको स्थापना गरिएको हो ।


निर्वाचन प्रयोजनका लागि कार्यालय सञ्चालनसगै आगामि मंसिर २ गतेदेखि निर्वाचन कार्यालयले आफ्ना निर्वाचनका गतिविधि गर्ने झापाका निर्वाचन कार्यालय प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिनुभयो । कनकाई ६ मा कुल २०५८ मतदाता र स्थानीय चम्पापुर माविको मैदानमा २ वटा मतदानस्थल कायम गरिएको नेपालले बताउँनुभयो ।
यता झापाको एकमात्रै निर्वाचन स्थल कनकाई ६ भएकोले झापाका सबै जनपद र सशस्त्र प्रहरीलाई परिचालन गरिने र यसरी हेर्दा यस क्षेत्रमा जम्मा मतदाताको सङ्ख्या भन्दा धेरै सुरक्षाकर्मीको सङ्ख्या रहनेहुदा कुनै सुरक्षा चुनौती नभएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउँनुभयो ।
निर्वाचनका बेला अपनाउँनुपर्ने आचारसंहिताका वारेमा प्रमुख निर्वाचन आयुक्त उमेशप्रसाद लुईटेलले बताउँनुयो । झापामा एकमात्रै क्षेत्रमा निर्वाचन हुनलागेको र निर्वाचन हुन लागेको जिल्ला प्रधानमन्त्री तथा सभामुख उपसभामुख लगायातका नेताहरुको गृह जिल्ला भएकोले समेत देशमा महत्वपुर्ण रुपमा हेरिएको छ । यस क्षेत्रका तत्कालिन अवस्थामा एमालेका तर्फबाट वडाध्यक्ष दिर्घबहादुर थापाले जितेको स्थान हो । गत असारमा क्यान्सर रोगका कारण मृत्यु भएपछि यस क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
कनकाई ६ मा एमाले, काग्रेस र माओवादी र राप्रपा पार्टीको साथमा जनमत पार्टीले समेत आफ्नो उम्मेद्धारी दिने तयारी गरेको छ । भने स्वतन्त्र उम्मेद्धार लक्ष्मीप्रसाद ओलीले समेत उम्मेद्धारी घोषणा गरिसकेका छन । यसअघि एमालेका तुलाराम बस्नेत, माओवादीका युवा नेता गणेश थापा , कांग्रेसका रामगोपाल ओली र राप्रपाबाट नारायणप्रसाद निरौला र जनमत पार्टीबाट समेत शुकलाल राजवंशीलाई उम्मेद्धार बनाउने निश्चित भएको छ । जनमत पार्टीका अध्यक्ष डाः सिके राउत समेत यसका लागि अहिले कनकाईमा रहेका छन ।

सम्बन्धित खबर