कनकाई अनलाईन
झापा मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको छ ।
बिहीवार बिहान अन्दाजी ६ः३० बजे मेचीनगर वडा नं. १० स्थित निन्दा खोलानजिकै घारीमा सालनालसहितको जीवित नवजात शिशु (बालिका)लाई कमिलाले टोकिरहेको रक्ताम्य अबस्थामा मेचीनगर ११ सृजना टोल बस्ने ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाक गर्ने क्रममा फेला पार्नुभएको थियो ।
इलाका प्रहरी कार्यालय धुलाबारीमा दिउँसो १ बजे अधिकारीले ती नवजात शिशु ल्याई जिम्मा बुझाउनुभएको हो । सामान्य अबस्थाका ती शिशुलाई मेचीनगर –१० न. वडा कार्यालयमार्फत फेला पार्ने महिलालाई सरक्षणको लागि जिम्मा दिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो । ती बच्चालाई जन्माई झाँडीमा छाडने महिलाको खोजी गरिरहेको प्रहरीले जनाएको छ । यस अघि झापाको हल्दिवारी गाउँपालिका १ स्थित द नेपाल हेल्थ क्लिनिकको सौचालयमा बच्चा जन्माएर फरार झापा बिर्तामोड १० की एक महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।