Kanakai Online

कनकाई ७ मा सरस्वती बाल संञ्जालले एकल नृत्य प्रतियोगिता गर्ने


बिहिवार, कार्तिक २९, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका अन्तरगत ७ नम्बर वडा स्तरीय सरस्वती वाल संजालले आगामी मंसिर ५ गते अन्तर्राष्ट्रिय बाल दिवसको अबसर पारेर वडा भित्र बसोबास गर्ने र वडा भित्रका बिद्यालयहरुमा अध्यान गर्ने बालबालिकाहरुको प्रतिभालाई पहिचान गर्न एकल नृत्य प्रतियोगिताको आयोजना गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा बालबालिकाहरुको बाल अधिकारको प्रत्याभूत दिने अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको दिनकै अबसर पारेर दुर्गापुर बजार क्षेत्रमा बालबालिका , बालमैत्री , बाल अधिकार , बाल बचाउ , बाल श्रम अन्त्य गर्न प्रेरित गर्दै विशेष र्याली समेतको कार्यक्रम आयोजना गरिने लागेको सरस्वती वाल संञ्जालका अध्यक्ष रिजन तिम्सिनाले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।

प्रतियोगिता विहानी सत्रमा कनकाई ७ स्थित भृकुटी माध्यमिक बिद्यालयको प्राङ्गणमा हुने र सोही अबसरमा वडा नम्बर ७ भित्र बाट उत्कृट खेल खेल्ने बाल खेलाडी छनौट गरी सम्मान गरिने बाल संजालका अध्यक्ष रिजन तिम्सिनाले जानकारी दिनुभयो ।

सरस्वती वडा बाल संजाल क्रियाशिलरुपमा कनकाई नगरपालिकाको बालमैत्री स्थानीय शासन अभियानलाई साथ दिदै निरन्तर टोल स्तरीय , समुदाय स्तरीय , बिद्यालय स्तरीय , वाड स्तरीय हुँदै सरस्वती वडा बाल संजालले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।