कनकाई अनलाईन
झापामा स्रोत नखुलेको नेपाली रुपैयाँ ५ लाख ३४ सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
झापा गाउँपालिका–२ टाँघनडुब्बास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा प्र१–०१–०१२ प ४३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशनगंज डिघलबैङ्क ग्रामपंचायत–७ बस्ने २० वर्षीय असफाक आलमलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको हो ।
आईतवार विहान १० बजेको समयमा रोकेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ५लाख ३४ हजार नेपाली रुपैयाँ फेला परेको थियो । मोटरसाइकल र रकमसहित आलमलाई नियन्त्रणमा लिई बिओपी टाँघनडुब्बामा राखिएको प्रहरीले जनाएको छ ।
उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नंम्बर २ गण हेक्वा टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्टले बताउँनुभयो ।