Kanakai Online

कनकाई चप्रामारीमा मोटरसाईकलको ठक्करबाट ६ बर्षिय बालकको मृत्यु


सोमवार, कार्तिक १९, २०८१ |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिका ५ स्थित चप्रामारीको भित्री सडकमा मोटरसाईकलको ठक्करबाट स्थानीय एक वालकको घटनास्थलमै मृत्यु भएको छ ।
सोमवार आज विहान १०ः ४० बजे उत्तरबाट दक्षिणतर्फ गईरहेको मे ११ प ३३८ नम्बरको मोटरसाईकलले बाटोमा खेल्दै गरेको स्थानीय विनोद पाठकको ६ बर्षिय छोरा सोहन पाठकलाई ठक्करदिदा बालकको घटनास्थलमै मृत्यु भएको छ । ठक्करदिने मोटरसाईकल चालक सोही स्थानमा बस्ने बर्ष २६ को आजात आलम भने घरमा मोटरसाईकल छाडेर फरार भएका छन उनको खोजी कार्य तीब्र बनाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक किरण मोक्तानले बताउँनुभयो । उनको नेपाल तथा भारतमा समेत खोजी कार्य तीब्र बनाइएको प्रहरीले जनाएको छ ।
धान काटने ठुलो मेशिन चलाउदै आएका आलम समेत मृतक बालकका छिमेकी हुन । उनी यस अघि समेत ज्यादै लार्पवाही तरिकाले मोटरसाईकल चलाउँदै आएका थिए । उनलाई विस्तारै मोटरसाईकल चलाउन भनेर पटक पटक गाउँलेले यस अघि सम्झाउँदा समेत उनी नमान्ने गरेको स्थानीयको भनाई छ ।
ठक्करबाट मृत्यु भएका वालक पाठकको घर तथा गाउँ समेत अहिले शोकमग्न बनेको छ भने फरार रहेका आलमको नेपाल तथा भारतमा समेत खोजी कार्य तीब्र बनाईको छ । मृतक वालक स्थानीय अपर्णा मटेश्वरीमा अध्यानरत् रहेको कनकाई ५ का वडाध्यक्ष कृष्णबहादुर राईले बताउँनुभयो ।
यता झापाका फरक फरक सडक दुर्घटनामा घाइते भएर उपचार गराइरहेका दुईजनाको अस्पतालमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार शिवसताक्षी–८ का ६१ वर्षीय गणेश खड्का र झापा ६ का ४० वर्षीय कमनसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखाको उपचारको क्रममा मृत्यु भएको हो । दुवैजना कात्तिक १६ गते दुर्घटनामा परेका थिए ।

खड्काको बिएन्डसी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा सोमवार बिहान अन्दाजी ५ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षी–११ कृष्ण मन्दिरनजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री खड्कालाई ठक्कर दिएको थियो ।

त्यस्तै, झापा गाउँपालिका ६ किरातचोकस्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकलको ठक्करबाट लिंखा घाइते भएका थिए । उनको बिएनडसी अस्पतालमा आज बिहान ५ः१० बजे मृत्यु भएको हो ।

सुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे. ७ प ५७५९ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने वर्ष ४० वर्षीय कमनसिंह र उनका छोरा अस्मिनलाई ठक्कर दिएको थियो ।