कनकाई अनलाईन
पूर्वकै चर्चित तथा धार्मिक पर्यटकिय संस्था कनकाई धाम धार्मिक विकास संस्थाको कनेकेश्वर मन्दिर परिसरमा आज लक्ष्मी पुजा सहित सामुहिक देउसी भैली खेलिएको छ ।
कनकाई धाम धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापाको नेतृत्वमा खेलिएको देउसीभैलीमा धार्मिक गुरु दिनानाथ सिग्देल, पत्रकार विभिन्न धार्मिक व्याक्तित्वहरुको सहभागिता रहेको थियो । अहिले देउसीका नामबाट विभिन्न विकृतिहरु समेत देखा पर्न थालेको कारण आफुहरुले देउसी सस्कृतिको जर्गेना गर्ने उद्धेश्यबाट उक्त देउसीभैली कार्यक्रमलाई हरेक बर्ष कोटीहोम मन्दिर परिसरमा निरन्तता दिइरहेको कनकाईधाम धार्मिक विकास संस्था कोटीहवनका अध्यक्ष शेरबहादुर थापाले बताउँनुभयो ।
देउसी कार्यक्रममा कोटीहोम क्षेत्रमा विं.स. २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथले कोटीहवन गरेर स्थापना गरेको यस पवित्र स्थानको स्थापना कालदेखि हाल सम्मका धार्मिक गतिविधिलाई देउसीद्धारा प्रस्तुत गरिएको थियो ।
अन्तिममा सबै नेपालीहरुको सुख शान्ति र दिर्घायुको कामना गरि अध्यक्ष शेरबहादुर थापाले देउसीको अन्त्य गर्नुभएको थियो ।
देउसीको माध्यमबाट धार्मिक एकता र सदभावको शन्देश प्रभाह गरिएको धार्मिक विकास संस्थाका सदस्य अर्जुन गिरीले बताउँनुभयो । तीर्थ स्थलमा देउसी खेलेर सस्कृतिको जर्गेना गरिएको संस्थाका सदस्य हर्क ल्वागुनले बताउँनुभयो ।