कनकाई अनलाईन
राष्ट्रिय स्वतन्त्र पार्टी झापाले कात्तिक १४ गते बुधबार आज १ बजे सुरुङ्गामा बिरोध प्रदर्शन गर्ने भएको छ ।
संसदीय छानविन समितिले सहकारी ठगीमा सभापति रवि लामिछानेको कुनै संलग्नता नभएको भनेता पनि सरकारले राजनीतिक प्रतिशोध साँधेर कानुनको दुरुपयोग गरी झुटो मुद्दामा पक्राउ गरेका कारण बिरोध प्रदर्शन गरिने रास्वपाले जनाएको छ ।
प्रदर्शन व्यक्ति केन्द्रित नभइ, भ्रष्टाचार बिरुद्धको र वास्तविक सहाकारी ठगलाई कारबाही गरी सहकारी पीडितको रकम फिर्ता गर्न र देशलाई गरिब र बदनाम बनाउने सबै भ्रष्टाचारका काण्डहरुको छानविन गरी दोषीलाई कारबाही गर्न सरकालाई दबाब दिने उद्देश्यले विरोध कार्यक्रम गरिएको हो । कार्यक्रमममा स्वतन्त्र नागरिक समाज र राष्ट्रिय स्वतन्त्र पार्टीका शुभेच्छुकहरुको समेत सहभागिता हुने रास्वपा झापाले बताएको छ ।
रास्वपाको विरोध प्रर्दशन कनकाई सुरुङ्गा चौकमा रहेको र यसमा अन्य पार्टीका खासमा भ्रष्टाचार विरोधी आम नागरिकलाई सहभागिताका लागि अनुरोध गरिएको रास्वपाका वार्डअध्यक्ष रमेशचन्द्रबाबु मैनालीले कनकाई अनलाईनलाई बताउँनुभयो ।