Kanakai Online

इतिहासकै सफल गृहमन्त्री नारायण काजी श्रेष्ठ कनकाई आउदै


बुधवार, कार्तिक १४, २०८१ |

कनकाई अनलाईन
देशको इतिहासकै सफल गृहमन्त्री नारायणकाजी श्रेष्ठ झापाको कनकाई नगरपालिका ६ स्थित चम्पापुरमा भोली बिहिवार आउने हुनुभएको छ ।
नेकपा माओवादी पार्टीका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका नेता श्रेष्ठ माओवादीले कनकाई ६ को आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेद्धारी घोषणा गर्न त्यहाँ आउन लाग्नुभएको नेकपा माओवादी पार्टीका कनकाई नगर अध्यक्ष यामनाथ सेढाईँले कनकाई अनलाईनलाई बताउँनुभयो । यहाँस्थित गायत्री सामुदायिक भवनमा दिउसो १ बजे माओवादीका तर्फबाट उम्मेद्धार सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यस वार्डमा गत स्थानीय तहको निर्वाचनमा दिर्घबहादुर थापाले बिजयी हुनुभएको थियो । उहाँको पेटको क्यान्सरका कारण मृत्यु भएपछि पुन निर्वाचन हुदै छ । कनकाई ६ मा यसअघि समेत माओवादी पार्टीले राम्रो मत प्राप्त गरेका थियो । आफ्नै पार्टीका सदस्यलाई एमालेले पार्टी प्रवेश गराएर बिजयी भएको तथा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको भन्दा माओवादी पार्टीको जनधार राम्रो देखिएकोले आफ्नो जित निश्चित भएको माओवादी पार्टीका कनकाई नगर सहसचिव कृष्ण खतिवडाले बताउँनुभयो । देश अहिले माओवादीकै एजेण्डामा चलिरहेको छ । जसको निति त्यसको नेतृत्व नहुँदा देश असफल बन्न लागेको समेत उपाध्यक्ष खतिवडाले बताउँनुयो । यता कनकाई नगरमा उम्मेद्धारी घोषणा गर्न सफल गृहमन्त्री आउने भएपछि कार्यकर्ता र जनतामा उर्जा थपिएको वाईसिएल झापाका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका हिमाल विष्टले बताउँनुभयो । नारायणकाजी आउनेभएपछि यसको तयारी तीव्र बनाइरहेको बिष्टको भनाई छ ।