जनक न्यौपाने
झापाको कमल गाउँपालिका ४ केर्खामा आज साँझ रात्री बसको ठक्करबाट स्थानीय ६० बर्षिय हजुरबुबा टेकबहादुर लिम्बु र उनकी ११ बर्षिय नातिनी कृपा लिम्बुको घटनास्थलमै मृत्यु भएसगै अहिले केर्खा क्षेत्र तनावग्रस्त बनेको छ ।
आक्रोसित स्थानीय र प्रहरीविच अहिलेपनि निरन्तर झडप भइरहेको छ ।
प्रहरीले निरन्तर अश्रुग्यास प्रहार गरिहेको छ भने स्थानीयले प्रहरी चौकी केर्खा र आसपास आगजनिको प्रयास गरिरहेका छन ।
आज साँझ साढे ५ बजे काँकडभिट्टाबाट काठमाण्डौ जाने प्र१ — ०१—००१ ख् ४३३१ नम्बरको यात्रुवाहक बसले विद्युतिय साईकलमा सवार कमल ३ निवासी नातीनी हजुरबुबालाई ठक्कर दिँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए । उनकाअनुसार साँझ ५ः३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र१–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।
रात्रिबसको ठक्करबाट दुई जनाको मृत्युपछि आक्रोशित स्थानीयले प्रहरी बिटमा आगजनी गरेका छन् । बसको ठक्करले हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयहरुले केर्खा बजारमा रहेको प्रहरी विटमा आगजनी गरेका छन् ।
करिव हजारको संख्यामा रहेका स्थानीयले रतुवामाई बृक्षरोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिरहेका छन् ।
असुरक्षित महसुस गरिरहेका सुरक्षाकर्मीहरु केर्खा प्रहरी चौकीभित्र रहेका छन् । काँकडभिट्टाबाट काठमाडौतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।
ती नातिनीको आजै जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक र मासु लिएर घरतर्फ जादै गरेको स्थानीयले बताएका हुन ।
बर्थडे केक र मासु लिएर हजुरबुवा र नातिनी इलेक्ट्रिक साइकलमा फर्कदै गर्दा रात्रि बसले ठक्कर दिएको हो । बर्थडे केक र मासु सडकभरि छरपष्ट रहेको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ । घटना स्थल तनावग्रस्त रहेको छ । अहिले रातको १० बज्न लाग्दा समेत महेन्द्र राजमार्ग क्षेत्रमा यात्रुको बिजोग भएको छ भने केहि सवारीलाई प्रहरीले अन्यत्र बैकल्पिक बाटो प्रयोग गरेर खुलाएको छ ।