कनकाई अनलाईन
खेलको विकास गछौ, खेलाडी उत्पादन गछौ भनेर खुलेका संघ संस्थाहरु उद्धेश्यभन्दा बाहिर गएर बरालिन थालेपछि कनकाईमा होटल डिलाईट र अमेरिकाका पुर्व सेना समेत रहनुभएका स्थानीय आशिस संग्रौला मिलेर आगामी कार्तिक ९ गतेदेखि १४ गतेसम्म प्रथम वडा स्तरीय दसै तिहार कपको आयोजना गर्र्ने भएको छ ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी अन्तिम अवस्थामा पुगेको जानकारी गराइएको हो । प्रतियोगितामा कनकाई नगरपालिकाको ९ वार्डबाट एक एक टिम र कनकाई भेट्रान क्लवको एउटा टिमले प्रतियोगितामा सहभागिता रहने आयोजक समिति होटल डिलाईटका सञ्चालक ख्याम ओलीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटनमा यहाँको कनकाई सुरुङ्गा प्रेस क्लव र आयोजक बिच मैत्रीपुर्ण खेल समेतको आयोजना गरिएको छ भने सोही दिन उद्घाटनमा वडानम्बर ३ र ७ बिच उदघाटन खेल हुने छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७१ हजार र दोस्रो हुने टिमले नगद ३५ हजार रुपैँया प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीहरुले समेत जनही ५ हजार रुपैँया नगदै प्राप्त गर्ने छन । पुरस्कार राशी कनकाईको वार्डस्तरीय प्रतियोगिताको सबैभन्दा बढी रकम हो ।
पत्रकार सम्मेलनमा खेल संयोजक दिपेन ओली, आयोजक समितिका पुर्व युएस आर्मीका आशिस संग्रौला, सहयोगी युएस आर्मी नविन सुवेदी, आयोजक समितिका ख्याम ओली लगायातले पत्रकारले सोधेको प्रश्नको उत्तर दिनुहुदै प्रतियोगितामा करिव साढे ६ लाख रुपैँया लागत लाग्ने र उक्त रकम कुनै सरकारी निकाय वा संघ संस्थासग सहयोग नमागिएको बताउँनुभयो । साथै आगामी बर्षमा कुनै संघ संस्थाले चाड पर्वमा प्रतियोगिता नगराएमा हरेक बर्ष आफुहरुले निजि लगानीमै कनकाई माविको खेल मैदानमा फुटबल खेलाउने बताउँनुभयो ।
प्रतियोगिता सञ्चालनका लागि आशिस संगू्रौलाको साथमा बद्री संग्रौला, आकाश संग्रौला, नविन सुवेदी, ओजिस उप्रेती, क्रिस्टल कडेँल, योगेश आचार्य र संदिप वास्तोलाले सहयोग गर्नुभएको र उहाँहरु सबै साथीभाई र परिवार भित्रैका सदस्य रहनुभएको आयोजक समितिका सदस्य आशिस संग्रौलाले जानकारी दिनुभयो । फाइनल खेल १४ गते हुने छ । प्रतियोगिता कनकाई माविको खेल मैदानमा हुने छ । सोही दिन सुरुङ्गाको चौरीमा फुटबल खेलेर हाल पनि राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिरहेका रोहन कार्की र सिम्रन राईलाई सम्मान समेत गर्ने भएको छ ।