कनकाई अनलाईन
नेपाल रेडक्रस सोसाईटी सुरुङ्गा उपसाखाको सभापतिमा गोपालप्रसाद उप्रेती सर्वसम्मत चयन हुनुभएको छ ।
आज भएको कार्यसमितिको निर्वाचनको मनोनयनमा ११ सदस्यीय कार्यसमितिमा सबै पदहरुमा सर्वसम्मत भएको निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलले कनकाई अनलाईनलाई बताउँनुभयो । जसमा सभापतिमा गोपालप्रसाद उप्रेती सहित उपसभापतिमा झुमा शिवाकोटी, सचिवमा दिपक भट्टराई, कोषाध्यक्षमा नारायणप्रसाद कट्टेल, उपसचिवमा रघुनाथ शिवाकोटी, उपकोषाध्यक्षमा उत्सव वास्तोला, महिला सदस्यमा गोमादेवि कार्की यसैगरि सदस्यहरुमा प्रेमप्रसाद अधिकारी, माधव पोखरेल, श्यामकुमार पौडेल र नविन सिटौला सर्वसम्मत चयन हुनुभएको छ । निर्वाचन आयोगले आज कार्तिक ४ गते १ बजेसम्मको मनोनयन दर्ताको समयसिमा तोकेको थियो ।