Kanakai Online

अर्जुनधारामा फलामको गेटले किचेर बालकको मृत्यु


शुक्रवार, कार्तिक २, २०८१ |

कनकाई अनलाईन
झापाको अर्जुनधारामा नगरपालिका ६ का एक वालकको फलामको गेटले किचेर मृत्यु भएको छ ।
बिहीवार राती ८ बजे अर्जुनधारा – ६ बस्ने सवनम मस्कराका छोरा २ वर्षीय शिवम् मस्कराको फलामको गेटले किचेर मृत्यु भएको हो ।
आमा श्रेया अग्रवालसंग सोही ठाउँमा रहेको मामाघर ऋषि अग्रवालकोमा पाहुना आई फलामको गेटमा खेल्ने क्रममा उक्त गेट पल्टिएर बालकलाई किचेको थियो ।

घाइते बालकलाई बीएण्डसी अस्पताल बिर्तामोडमा ल्याई उपचार भइरहेकोमा शुक्रवार बिहान ६.१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक डीएसपी कृष्णकुमार चन्दले जानकारी दिनुभएको छ ।