Kanakai Online

भारतीय बजारमा विक्रीका लागि लगिएकी कनकाईकी चेलीलाई, कारितास नेपालले दसैको मुखमा गर्यो उद्धार


शुक्रवार, असोज २५, २०८१ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ३ की एक नेपाली चेली सावित्रा हेमरम – नाम परिवर्तन)लाई भारतीय क्षेत्र चेन्नईबाट सकुशल उद्धार गरेको छ ।
कमजोर आर्थिक अवस्थाकी २८ बर्षिय यी चेलीलाई गाउँमा बाक्सा घुमाउदै हिडने एकजना बास्सा मोहमदले भारतीय बजारमा रोजगारी लगाइदिनेभन्दै फकाएर गत जेठ महिनामा
नेपाल झापा गाउँपालिका लसुना हुदै भारत डिगलबैँकको बाटो भएर चेन्नईसम्म पुर्याएका थिए । त्यसबखत आफुलाई नसालु पदार्थ सेवन गराइएकोले केहिकुरा थाहा नपाएको ती चेलीले बताईन । झापा सुरुङ्गा घर भएकी चेली कनकाई माविमा कक्षा ८ सम्म अध्यान गरेकी हुन । घरमा आमा र दुई भाई र बहिनी समेत रहेकी उनी घरमा परिवारको पालनपोषणका लागि ती व्याक्तिको भर परेर भारत जान तयार रहेको बताईन । अर्काको जमिनमा कनकाई नगरपालिकाले बनाइदिएको सानो घरमा रहदै आएका उनीहरुको घरमा जान्ने बुझ्ने मान्छे कोहीपनि नहुँदा हराएको लामो समयसम्म पनि प्रहरीसमक्ष समेत उजुरी र निवेदन हाल्न जान नपाएको उनकी आमा लुखी मुर्मु( नाम परिवर्तन) ले बताइन ।
उनी हराएको केहि महिनापछि झापामै उनलाई लैजाने बास्सा महमदलाई स्थानीयले पक्राउ गरि प्रहरीमा बुझाएपनि आवश्यक प्रमाण नपुगेको भनेर झापा प्रहरीले छाडिदिएको पिडित परिवारको गुनासो रहेको छ । हामीले छोरी लापत्ता पार्ने मान्छे यहि हो भनेर पक्रेर प्रहरीकहाँ बुझायौ तर प्रहरीले थुनामा रहेका कैदीको खाना बापतको खर्च पनि आफै तिर्नुपर्छ भनेपछि आफै छाडिदिनु भन्यौ त्यसपछि प्रहरीले उसलाई छाडिदियो त्यसपछि त्यस व्यक्ति यता आएको देखिएको छैन । पिडितकी आमाले भन्नुभयो । भारतमा नारकीय जीवन जीउनेक्रममा एकजना नेपाली व्याक्ति हेमन्त बोगटीले चेन्नईमा रहेको एक अनुवाग होमलेश सेन्टर चेन्नईमा पुर्याइदिएका हुन । उनलेनै सामाजिक सञ्जालमा उक्त महिलाको वारेमा राखेपछि यहाँस्थित कारितास नेपालको पहलमा उहाँलाई सकुशल सुरुङ्गा ल्याइएको हो । झापा सुरुङ्गामा पत्रकार महासंघ कोशीका सदस्य लीलाराज झापाली र कनकाई नगरपालिका ३ का वडासदस्य गोविन्द सुवेदीको
रोहवरमा कारितास नेपालको सुरक्षित वैदेशिक रोजगारी सुनिश्चिता तथा दिगो पुर्नस्थापना परियोजनाका प्रादेशिक प्रमुख शंकरकुमार पौडेल, परियोजना अधिकृत हिमालयन अधिकारी, परियोजना अधिकृत विपिन घिमिरे, वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटी लगायातको टोलीले ती चेलीलाई परिवारसग पुर्नमिलन गराइदिएको हो । परियोजनाले उनीलाई पुर्नस्थापित हुनका लागि केहि आर्थिक र तालिमको समेत व्यावस्थ ागर्न लागेको वरिष्ठ सामाजिक परिचालक विवेक शिवाकोटीले जानकारी दिनुभयो । कारितास जापानको सहयोगमा यस क्षेत्रमा सञ्चालित परियोजनाबाट हालसम्म भारतमा विक्री भएका तथा अन्य खाडी राष्ट्रमा विक्री भई अलपत्र पारिएका नेपाली चेलीहरुको उद्धार गर्दै आइरहेको शिवाकोटीले बताउँनुभयो । केहि दिन पहिले झापा गाउँपालिका ७ की एक अर्की चेली रोमा शाह – नाम परिवर्तनलाई समेत ओमनमा विक्री भएको अवस्थामा उद्धार गरी नेपाल घरमा सकुशल ल्याएको परियोजना अधिकृत हिमालयन अधिकारीले बताउँनुभयो ।