कनकाई अनलाईन
रसायान तथा मेडिकल आपुर्ति संघ नेपाल केमशानको २० औ स्थापना दिवशको अवशरमा यहाँस्थित अपाङ्ग वाल शिक्षा सरोकार समाजमा खाद्यान्न बितरण गरेको छ ।
अर्जुनधारा नगरपालिका ६ स्थित अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा दसैको अवशरमा विभिन्न खाद्या सामाग्रीहरु प्रदान गरिएको हो ।
रसायान तथा मेडिकल आपुर्ति संघ झापाका अध्यक्ष गणेश ढकाललको सभापतित्वमा आयोजित विशेष कार्यक्रममा अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्णदेव दुलालले संस्था सहयोगबाटै सञ्चालनमा रहेको भन्दै यस्ता खाले सहयोगी हातहरुकै कारण वाल कक्षाहरुमा दसै आएको बताउँदै खुसी व्यक्त गर्नुभयो । साथै रसायन तथा मेडिकल आपुर्ति संघको सफलताको कामना गर्नुभयो । कार्यक्रम कुशल अधिकारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सदस्यहरु घनेन्द्रराज खनाल, सौरव घिमिरे, युगेश आचार्य, बद्री बराल लगायातका सदस्यहरुको सहभागिता रहेको थियो ।