Kanakai Online

बेपत्ता मेचीनगरकी एक महिला भारतमा मृत फेला


शनिवार, असोज १९, २०८१ |

कनकाई अनलाईन
मेची नदीले बगाएर बेपत्ता भएकी एकजना महिलाको शव भारतीय भुमिमा भेटिएको छ ।
शुक्रवार दिउँसो २ बजेतिर खोला तर्ने क्रममा भारतपट्टी मेची नदीले बगाउँदा बेपत्ता भएकी मेचीनगर–७ गैरीगाउँ बस्ने भुवन खरेलकी श्रीमती अन्दाजी ३५ वर्षीया हिमा पोखरेल खरेलको शव शनिवार बिहान ३ः३० बजेतिर भारतपट्टी नै भेटिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी प्रमुख मिमकुमार लामाले बताउँनुभयो ।

फेला परेको शवलाई भारतको खोरीवारी थानाबाट आएको प्रहरी टोलीले मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमको लागि सिलिगुडी पठाएको छ ।

भारतीय प्रहरीसंग समन्वय गरी हराइरहेकी महिलाको खोजतलास भइरहेकोमा उनको शव भारतीय भुमिमा फेला पारिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।