Kanakai Online

शिवसताक्षीमा बजार अनुगमन, किराना पसलबाट औषधि विक्री


शुक्रवार, असोज १८, २०८१ |

कनकाई अनलाईन

झापा शिवसताक्षी नगरपालिकाले बजारमा अखाद्य वस्तुहरुको विक्री गरेको भेटिन थालेपछि बजार अनुगमनलाई झन तिब्र बनाएको छ । आज शिवसताक्षीको वडा नं. ८ रत्न चौकको एक किराना पसलबाट औषधि समेत नगरपालिकाले जफत गरेको छ ।
स्थानीय जानुका किराना पसलबाट अरसिल ११ बोतल, मेट्राजोन, पेन्ट्रापजोल २३ पत्ता निम्स, सिट्रिजन १० पत्ता औषधिहरु किराना पसलमा विक्री गर्न राखेको अवस्थामा अनुगमन टोलीले फेला पारेको हो । अनुगमन टोलीले सोही पसलबाट ४१ बोतल पेट्रोल समेत फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
पसलमा बालबालिकाले खाने कुरमुरे लगायत मिठाईहरु समेत म्याद गुुज्रिएको अवस्थामा फेला पारेको छ । फेला परेकासबै सामाग्री शिवसताक्षी नगरपालिकाकाकोे अनुमगन टोली जफत गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
त्यस्तै पाथिभरा किराना पसल, पौडेल किराना पसल, शिवसताक्षी ७ को गिरी किराना पसल, श्रेष्ठ स्टोरलगायत पसलहरु म्याद गुज्रिएको खाद्य सामाग्री फेला परेको थियो ।
अनुगमनका क्रममा अधिकांस पसलहरुमा मूल्य सूची नराखिएको, खानेकुरामा अखाद्य रंग मिसाईएको, पेय पदार्थमा खुद्रा मुल्य उल्लेख नगरिएको पाईएको छ । यस प्रकारका पसलहरुलाई भोलि देखि नै सुधार गर्न निर्देशन गरेको जनाईएको छ ।
नगरपालिकाले बजारको अवस्था हेरेर जुनसुकै बेला पनि बजार अनुगमन गर्न सक्ने नगर उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले बजारमा उपभोक्तालाई ठगी गर्ने प्रकारका कुनैपनि कार्य गरेको भेटिए प्रमाणसहित नगरपालिकालाई खबर गर्न पनि आग्रह गरेकी छिन् ।
शिवसताक्षी नगरपालिकाको अगुवाईमा भएको अनुगमनमा शिवगञ्ज प्रहरी, नगर प्रहरी, नगरका कर्मचारी, सञ्चारकर्मी, बाणिज्य संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।