Kanakai Online

स्थानीय तह–प्रहरी—विद्यालय पाठ्यक्रमका लागि कचनकवलमा समझदारी


मङ्गलवार, असोज १५, २०८१ |

कनकाई अनलाईन

स्थानीय तह–प्रहरी—विद्यालय सम्पर्क अन्तर्गत नेपाल प्रहरी—विद्यालय तथा कचनकवल गाउँपालिका बिच समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” लाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य रूपमा पठनपाठन गराउने समझदारी पत्रमा हस्ताक्षर गरिएको इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविणकुमार भट्टराईले बताउँनुभयो ।
कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी, सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, लगायत विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागिले पाठ्यपुस्तक लागु भएसगै यसबाट देशमा असल नागरिक उत्पादनमा पाठ्यपुस्तक प्रभावकारी हुनसक्ने धारणा राख्न्ुभएको थियो ।

सम्बन्धित खबर