Kanakai Online

द एभरेष्ट बचतले सकायो सुरुङ्गा भेला


सोमवार, असोज १४, २०८१ |

कनकाई अनलाईन
झापाको दमकमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको सुरुङ्गा सेवा उपकेन्द्रको तेह्रौ वार्षिक साधरणसभा सम्पन्न भएको छ ।


सेवा केन्द्रको उक्त बार्षिक साधरणसभामा बोल्दै सहकारी संस्थाका अध्यक्ष दिपक खरेलले सहकारीले २०६८ सालमा स्थापना गरेको छोटो समयमै जिल्लाका विभिन्न झापा तथा मोरङ्गका स्थानहरु सुरुङ्गा, बुधवारे,बिर्तामोडमा उपसाखा कार्यालय खोली जनतालाई सुविधा दिइरहेको बताउँनुभयो । खरेलले झापा जिल्ला र देशका केहि सहकारीका बदमाशीका कारण सबै सहकारीलाई यसको असर पुगेको भन्दै सबै सहकारी र शेयर सदस्यले यस्ता गलत हल्लालाई चिर्नका लागि सहयोग पुर्याउन सहयोग गनर््ुपर्नेमा जोड दिन्ुभयो । यस सहकारीको यसै आर्थिक बर्षमा बचत संकलन ८२ करोड ७६ लाख १९ हजार र ऋण लगानी ५९ करोड, १९ लाख ३५ हजार ८ सय ६ रुपैँया रहेको समेत कार्यक्रममा जानकारी दिनुभयो । यसैगरि यस बर्ष सहकारीले जम्मा आम्दामी ६ करोड, ४१ लख १७ हजार ९ सय २२ रुपैँया र खर्च कटाएर खुद नाफा ४३ लाख ८१ हजार रुपैँया खुद नाफा कमाउन सफल भएको साधरणसभामा जानकारी दिनुभयो । साथै संस्थाको कुल शेयर पुजी ४ करोड ९८ लाख ३३ हजार ४ सय पुगेको जानकारी दिनुभयो ।


कार्यक्रममा प्रमुख अतिथि कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोषन सुवेदीले सहकारीलाई पछिल्लो समय केहि अराजक र खाएको नतिर्ने उद्धी जारी गदै हिडने हरुबाट समस्या थपिएको भन्दै उनीहरुले भनेका कुराको पछाडि नलागिदिनुहुन सबैमा अनुरोध गर्नुभएको छ । हामीले बचत गरेकै रकम सहकारीका माध्यमबाट ऋण लगानी गरिएको हुन्छ यस्ता अराजक आन्दोलनको विश्वास र प्रभावमा पर्दा २ जना त खुसीनै हुनुहोला तर यसबाट हज्जारौ हज्जारलाई दुखी बनाउनछ देशको अर्थतन्त्रनै डामाडोल हुन्छ यस्ता आन्दोलनको भरमा नपर्न सबैलाइं अनुरोध छ । कार्यक्रममा वडाध्यक्ष सुवेदीले भन्नुभयो । साथै केहि सिमित सहकारीका सञ्चालकहरुको गलत तैरतरिकाको शिकार सबै हुनुपरेको भन्दै सबै सहकारीकर्मीलाई सच्चिएर अगाडि आउन र सहकारीको मुल्य मान्यताको अनुशरण गर्न पनि झापाको कान्छो वडाध्यक्ष समेत रहनुभएको सुवेदीले सुझाव दिनुभयो ।
कार्यक्रममा कनकाई उद्योग बाणिज्य संघका कोषाध्यक्ष राजु शाहले सहकारीले सहारा नेपालको जस्तो लोकप्रिय कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो ।
सोही अवशरमा उत्कृष्ट वाल वचतकर्तालाई स्टेशनरी सामाग्रीहरु समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा सुरुङ्गा सेवा केन्द्रका संयोजक टंक पाठक, मान्ता खरेल, गोविन्द खरेल लगायातको आतिथ्यता रहेको थियो भने सञ्चालन व्यावस्थापक धर्मानन्द भट्टराईले गर्नुभएको थियो ।

सम्बन्धित खबर