Kanakai Online

प्रहरीद्धारा बाढीपिडितलाई उद्धारपछि राहत


शनिवार, असोज १२, २०८१ |

कनकाई अनलाईन
निरन्तर बर्खा र वाढीका कारण घर जमिन डुबेर विचल्नी अवस्थामा पुगेका झापा कचनकवल गाउँपालिका ७ भट्टा टोलका १५ घरपरिवारलाई प्रहरीले उद्धार गरेर सुरक्षित स्थानतर्फ राखेको छ ।


इलाका प्रहरी कार्यालय बनियानीबाट बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविनकुमार भट्टराईको कमाण्डमा रहेको प्रहरीको टोली र बिओपी पाठामारीबाट प्रनानि विश्वानाथ प्रसाद यादवको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोली समेतले स्थानीय जनप्रतिनिधिको सहयोग र समन्वयमा गाउँको असुरक्षित स्थानका सर्वसाधरणलाई सुरक्षित स्थानमा स्थानतरण गरिएको बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविनकुमार भट्टराईले बताउँनुभयो ।
प्रहरी र जनप्रतिनिधिको टोलीले स्थानीय अजम अन्सारी, समेजिदिन अन्सारी, अणवर अन्सारी, नसुरुल अन्सारी, रोजी खातुन, रसिदन खातुन, मरिजना खातुन, सफुर अन्सारी, सुलेमान खातुन, अकिम अन्सारी, असलम अन्सारी, सरीम अन्सारी, गुन्सेन खातुन लगायातका परिवारका ७० जना भन्दा वढी परिवारका सदस्यलाई उद्धार गरि सुरक्षित सबैलाई स्थानीय नवनिर्मित गाउँपालिकाको भवनमा सारिएको हो । उनीहरुलाई प्रहरी र जनप्रतिनिधिको टोलीले राहत सामाग्री चिउरा भुजा, चाउचाउ समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खबर