Kanakai Online

चिल्ड्रेन हस्पिटल तेस्रो वर्षमा, एक बर्षमा २७०० ले लिए सेवा


शुक्रवार, असोज ११, २०८१ |

कनकाई अनलाईन
वालवच्चा र नवजात शिशुको स्वास्थ्यलाई ध्यानमा राखेर झापाको बिर्तामोडमा सञ्चालनमा आएको बिर्तामोड चिल्ड्रेन हस्पिटलले आफ्नो स्थापनाको तेस्रो बार्षिक दिवस मनाएको छ ।

अस्पतालले यस अवधिमा दिँदै आएको सेवा सुविधाबारे पत्रकार सम्मेलनबाट जनतालाई जानकारी गराउँदै हस्पिटल परिवारले स्थापनाको तेस्रो वर्ष बिर्तामोडमा पत्रकारमार्फत मनाएको छ ।

मेडिकल हवका रुपमा विकसित हुदै आइरहेको झापाको बिर्तामोडलाई केन्द्रविन्दु बनाएर बालबालिकाको मात्रै उपचार गर्ने छुट्टै अस्पतालको रुपमा स्थापित हस्पिटल २०७९ असोज १० गतेबाट सुरु भएको हो ।

१ भेन्टिलेटर, ४ एनआइसियु, ५ पिआइसियु र ५ नर्मल बेडसहित १५ वटा शैय्यासहित हस्पिटल सुरु भएको अस्पतालका प्रबन्ध निर्देशक तथा बाल रोग विशेषज्ञ डाक्टर रुपक आचार्यले जानकारी दिनुभयो ।

‘बालबालिकाको उपचारका लागि छुट्टै अस्पतालको आवश्यकता पहिल्यैदेखि महसुस भएको थियो’, कार्यक्रममा आचार्यले भन्नुभयो , ‘अस्पताल स्थापना भएपछिको हामीसँग भएको तथ्याङ्कले बाल अस्पताल कति आवश्यक छ भन्ने कुरा बताउँछ ।’

बितेको एक वर्षमा २ हजार ७५१ बालबालिकाले ओपिडी सेवा, १ हजार ७४ ले इमरजेन्सी सेवा र २ हजार १७८ जनाले अस्पताल भर्ना भएर सेवा लिएको तथ्याङ्क डाक्टर आचार्यले सुनाउनुभयो । अस्पतालमा भर्ना भएका विरामी मध्ये समग्रमा ३ प्रतिशत विरामीलाई मात्रै आईसियु कक्षमा राखेर उपचार गरेको अस्पतालको तथ्याङ्क रहेको बताउँदै अस्पतालले वालवालिकाको जटिल किसिमको समस्यामा समेत सफलता पुर्वक उपचार गरिरहेको बताउँनुभयो ।

जसमध्ये एकजनालाई जटिल समस्याका कारण बचाउन नसकिएको र बाँकी ९९.९ प्रतिशत बालबालिकाले सफलतापूर्वक स्वास्थ्य लाभ लिएको डाक्टर आचार्यले बताउँनुभयो । पुर्वमै वालवालिका मात्रैको अस्पतालको कमि थियो, यसलाई पुर्तिगर्नका लागि हामीले आफ्नो ज्ञानशीप र अनुभवलाई परिचालन गरेका छौ सेवाका लागि हाम्रो विशेषज्ञ टिम तयार छ अस्पतालका प्रबन्ध निर्देशक डाक्टर रुपक आचार्यले पत्रकारसामु बताउँनुभयो ।

झापाको पहिलो वाल अस्पतालका रुपमा रहेको यस अस्पतालमा आउने विरामीहरुमा बालबालिकाहरुमा खासगरी मेनेन्जाइटिस, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमि, बाथ रोग, मृगौला लगायतका जटिल रोगहरु देखिने गरेको अस्पतालले जनाएको छ ।

शल्यक्रियाबाहेकका सबै सेवा प्रदान गर्दै आएको अस्पतालले मुटुमा समस्या भएका बालबालिकाका लागि प्रत्येक बिहीबार विशेषज्ञ सेवाको व्यवस्था गरिएको आचार्यले बताउँनुभयो ।
अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डाक्टर सुजता मैनाली आचार्यले स्वागत गरेको कार्यक्रमको अध्यक्षता लीला मैनालीले गर्नुभयो ।

अध्यक्ष मैनालीले आफूहरुले पूर्ण रुपमा सेवाभावले अस्पताल सञ्चालन गरेको बताउँदै सञ्चारमाध्यमहरुको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । हाफ्ना छोरी ज्वाई दुबैजना डाक्टर रहेको र उहाँहरु विदेश पलायान हुन लागेको जानकारी पाएसगै आफ्नै गाउँघरमा उत्कृष्ट सेवा दिने उद्धेश्यले बिर्तामोडमा चिल्ड्रेन अस्पताल खोल्न लगाएको अस्पतालकी सञ्चालक समिति अध्यक्ष समेत रहनुभएकी लीला मैनालीले बताउँनुभयो ।
।कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीले अस्पतालले छोटो समयमा पनि धेरै वालवालिकाहरुको सफलतापुर्वक उपचार गराएर ख्याति कमाएको बताउँनुभयो । अस्पताललाई अझ फराकिलो स्थानमा लगेर सेवा सुचारु गर्न पत्रकार गिरीले अस्पताललाई सुझाव दिनुभयो । बिर्तामोड– १ नमुना टोल विकास संस्थाका अध्यक्ष विजयकुमार बुढाथोकी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सञ्चारकर्मी लीला अनमोलले सञ्चालन गरेको कार्यक्रममा अस्पतालका संरक्षक प्रेमा आचार्य, दिपक आचार्य, राजेन्द्र मैनाली, सरोज सिटौला लगायातको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खबर