Kanakai Online

दुधेमा पिकअपको ठक्करबाट स्कुटी चालक जानुकाको मृत्यु


शुक्रवार, असोज ११, २०८१ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ११ दुधेमा भएको सवारी दुर्घटनामा परी घाइते हुनुभएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बुधवार बिहान ७ः१५ बजे शिवसताक्षी– ११ दुधेस्थित पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्र.१–०१–००१ च ८३३२ नम्बरको पिकअपले ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक शिवसताक्षी –९ बस्ने ४० वर्षीया जानुका बास्तोला अधिकारी गंभीर घाइते हुनुभएको थियो । टाउकोमा चोट लागेर बोल्न नसक्ने अवस्थाकी अधिकारीको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा बिहीवार साँझ ७ः१५ बजे मृत्यु भएको हो ।

ठक्कर दिने पिकअप र पिकअप चालक इलाम नगरपालिका–१ बस्ने ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर