Kanakai Online

हराएकी कनकाई की २१ वर्षीय किशोरी मृत अवस्थामा फेला


बिहिवार, असोज १०, २०८१ |

कनकाई अनलाईन
कनकाई । झापा कनकाई नगरपालिका २ की विजिता भण्डारी ९माइली० मृत अवस्थामा फेला परेकी छन् ।
सुरुङ्गा ३ स्थित ह्याप्पी ल्यान्ड छेउको धानबारीमा आज दिउसो १२ बजे उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शवलाई पोस्टमार्टमको लागि भद्रपुर अस्पताल लगिएको छ । के कारणले माइलीको मृत्यु भयो भन्ने बारे तथ्य थाहा हुन सकेको छैन । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

असोज ३ गते देखि माइली हराएकी थिइन । २१ वर्षीय माइली मानसिक र शारीरिक रुपमा कमजोर रहेकी थिइन ।

सम्बन्धित खबर