Kanakai Online

चट्याङले लागेर दमकका मोतेको मृत्यु


बुधवार, असोज ९, २०८१ |

कनकाई अनलाईन
वर्षासंगै परेको चट्याङले लागेर झापा दमकका एक व्यक्तिको मृत्यु भएको छ ।

दमक –४ घर भई मोरङको मिक्लाजुङ– ३ तेह्रथुमे टोल बस्ने भक्तबहादुर नेपालीको घर बनाउनको लागि गएका ३६ वर्षीय कुमार मोतेको चट्याङले लागेर मृत्यु भएको हो । गएराति १० बजे भान्सा कोठा अगाडी उभिएको अवस्थामा चट्याङले लागेर मोते बेहोस भई लडेका थिए ।

घाइतेलाई उपचारको लागि दमक अस्पताल ल्याइएकोमा उपचारका क्रममा राति ११.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।