Kanakai Online

करेन्ट लागेर सिटी सफारी चालकको मृत्यु


मङ्गलवार, असोज ८, २०८१ |

कनकाई अनलाईन
झापाको दमकमा सिटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर सिटी सफारी चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलाम जिल्ला महमाई स्थायी ठेगाना भई हाल दमक नगरपालिका वडा नं। ८ मा डेरा गरी बस्ने २६ वर्षीय कमल बुर्जामगरको करेन्ट लागेर मृत्यु भएको हो ।

मङ्गलबार बिहान ९ः३० बजेको समयमा टाँडे घरको भुइँतलामा सिटी सफारी चार्ज गर्ने क्रममा विद्युत् सर्ट भएर करेन्ट लागेर गम्भीर घाइते हुनुभएको बुर्जामगरलाई उपचारका लागि दमक अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर