Kanakai Online

नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक


मङ्गलवार, असोज ८, २०८१ |

कनकाई अनलाईन
झापा । नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक परेको छ । ढुङ्गानाका पिता देवी प्रसाद ढुङ्गानाको ९१ वर्षको उमेरमा निधन भएको हो ।
पाँचथरको फिदिम नगपालिका २ साम्दिन घर भएका ढुङ्गाना अचानक अस्वस्थ्व भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको थियो ।
१९९१ साल साउनमा जन्मिएका ढुङ्गानाका श्रीमती लुमादेवी तथा सात छोरा र ५ जना छोरी रहेका छन् । जसमध्ये लवदेव नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष हुन् ।
त्यस्तै लक्ष्मी ढुङ्गाना पाँचथर वहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् ।