Kanakai Online

बुद्धशान्ति २ का वडाध्यक्ष ओली घुस लिदा लिदै पक्राउ


मङ्गलवार, असोज ८, २०८१ |

कनकाई अनलाईन
झापा बुद्धशान्ति गाउँपालिका वडा नं २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली घुस लिदा लिदै पक्राउ परेका छन् ।

विप्लव नेतृत्वको नेकपा माओवादीको समूहले ८० हजार रुपैयाँ घुस लिदै गर्दा वडाध्यक्ष ओलीलाई पक्राउ गरेका हुन् । उनीहरुले वडाध्यक्ष ओलीलाई बिर्तामोड प्रहरीको जिम्मा लगाएका छन् । आफूहरुको स्ट्रिङ अपरेशनका क्रममा वडाध्यक्षलाई घुससहित पक्राउ गरिएको विप्लव माओवादीका नेता सुमनसिंह पौडेलले बताए ।

वडाध्यक्ष ओलीलाई घुससहित बिर्तामोडमा पक्राउ गरिएको जानकारी प्राप्त भएको बुधबारे प्रहरी चौकीका इन्चार्ज सई सुवाष शेर्पाले बताए । यता आफुहरुले सुरक्षाका कारण वडाध्यक्ष ओलीलाई प्रहरीले सरक्षामा राखेको र अख्तियार दुरुपयोग नियन्त्रण क्षेत्रिय कार्यालय ईटहरीले यसवारेमा अनुसन्धान गरिरहको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रकाश विष्टले बताउँनुभयो । जमिनमा घरजग्गा बाटोको सिफारिस गरिदिएबापत वडाध्यक्ष ओलीले उक्त रकम घुसबापत लिएका थिए । ओली नेपाली कांग्रेसबाट जननिर्वाचित वडाध्यक्ष हुन । उनीलाई अख्तियारको टोलीले अनुसन्धानका लागि इटहरी लैजाने तयारी गरिरहेको जनाइएको छ ।