Kanakai Online

इलाका प्रहरी सुरुङ्गाद्धारा ४ ट्रक्टर नियन्त्रणमा


सोमवार, असोज ७, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकाले जारी गरेको सूचनालाई वेवास्था गरि अव ढुंगागिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने चार ओटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यलयले सुरुङ्गाले नियन्त्रणमा लिएको छ।

कनकाई नगरपालिकाले गत असोज १ गते नै सूचना जारी गर्दै टेन्डर प्रक्रिया अझै बाकी रहेकाले कनकाई नगर क्षेत्र भएर बहने बिरिङ्ग खोलाबाट नदिजन्य पदार्थ उत्खनन नगर्न सूचना जारी गरिएको थियो । उक्त सूचनालाई वेवास्था गरि खोलाबाट अवैद्यरुपमा ढुंगा र बालुवा बोक्ने चार ओटा ट्रयाक्टरलाई नियन्त्रणमा लिएर कनकाई नगर परिसरमा राखिएको ईलाका प्रहरी कार्यलय सुरुङ्गाले जनाएको छ ।

नगरपालिकाले ढुवानी व्यावसायिहरुलाई ढुवानीका लागी तत्काल खोलामा नजान सूचना गर्दागर्दै त्यसको वेवास्था गरि खोलामा गएका ट्याक्टरलाई नियन्त्रणमा लिएर नगरपरिसरमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत सुरज श्रेष्ठले पुष्टि गर्नुभयो । २ वटा ट्याक्टर लोड तथा अरु २ वटा ट्याक्टर लोड गर्ने अवस्थामा फेला परेका थिए । उहाँले ढुवानी व्यसायीहरुले नगरको सूचनालाई नटेरेकाले नियन्त्रणमा लिनुपरेको र आवश्यक कार्वाहीका लागि नियम कानुन अनुसार छ्लफल गरि अघि बढ्ने जानकारी दिनुभयो । खाली ट्याक्टरलाई ईलाका प्रहरी कार्यलय सुरुङ्गा , नगरपालिका , ट्राफिक प्रहरीसहित एक पटकलाई चेतावनी सहित फिर्ता दिने र अन्य लोड भएका ट्याक्टरलाई अझै छलफल गरि अघि बढ्ने पनि श्रेष्ठले जानकारी गराउनु भयो । पछिल्लो समय ईलाका प्रहरी कार्यलय सुरुङ्गा र ट्राफिक बिट सुरुङ्गाको टोलि अझ धेरै सक्रिय हुँदै गएको छ ।