Kanakai Online

टेक्रामा कनकाई नदीमा डुबेर एकजनाको मृत्यु


शनिवार, असोज ५, २०८१ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका १० स्थित टेक्रामा कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिका १० स्थित टेग्रामा पानीमा डुबिरहेको अवस्थामा शनिवार दिउसो एउटा बेवारिसे शव फेला परेको हो । उतानो परेको , अनुहार पानीमा डुबेको करिव ४० वर्षको जस्तो देखिने पुरुषको शव माछा मार्नेहरुले देखेपछि प्रहरीलाई खबर गरेका गरेका थिए ।

घटनास्थलमा प्रहरी टोली पुगेर सर्जमिन मुचुल्का बनाउने र शवको पहिचान खुलाउने कार्य भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक सुशिल थापा मगरले बताउँनुभयो ।