Kanakai Online

फक्तालुङका अभिभावकलाई एक दिने अभिमुखीकरण


सोमवार, भदौ ३१, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ स्थित फक्तालुङ एजुकेशन फाउण्डेशन दुर्गापुरमा आफ्ना अभिभावक लक्षित एक दिवशीय अभिभावकलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।


विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्नका लागि विद्यार्थीलाई मात्रै सक्रिय गराएर नहुने यसका लागि अभिभावकहरु समेत कतिपय अवस्थामा सक्रिय र सचेत रहनुपर्ने भन्दै विद्यालयको आयोजनामा यस किसिमको अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयका पिन्सिपल ओमविक्रम नेम्बाङले बताउँनुभयो । अभिभावकहरुको अभिमुखीकरण कार्यक्रममा चर्चित प्रशिक्षक राजेश निरौलाले विद्यार्थीको शैक्षिक गुणस्तर हासिल गर्नका लागि अभिभावकीय पक्षबाट अपनाउनुपर्ने तैरतरिकाका वारेमा बताउँनुभएको थियो ।
कार्यक्रममा एन प्यासनका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठले यसप्रकारका कार्यक्रमबाट विद्यालयमा शिक्षक, अभिभावक, विद्यालय प्रशासन र विद्यार्थीका विच सुमधुर सम्बन्ध कायम हुनुको साथमा विद्यालय र अभिभावकको लक्ष्य प्राप्तिमा मद्धत मिल्ने बताउँनुभयो ।
कार्यक्रममा विद्यालयका संस्थापक दुर्गा नेम्बाङले विद्यालयले यस्ता कार्यक्रमहरु प्राय विद्यालयले आयोजना नर्गने गरेको भन्दै अभिभावकलाई सचेत बनाउनका लागि विद्यालयले आफ्नो निजि खर्च गरेर भएपनि यसप्रकारको कार्यक्रमहरु आयोजना गर्दै आइरहेको बताउँनुभयो ।
विद्यालय प्रशासनका एन्जल पोखरेलको सञ्चालन रहेको कार्यक्रममा विद्यालयका संस्थापक संगिता साम्बेखाम लगायातले बोल्नुभएको थियो ।
सोही अवशरमा विद्यार्थीहरुले नाटक, नृत्य र गायन प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित खबर