कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अरु सरकारबाट बाहिरिदा निराश बन्ने गरेकोमा यसपटक माओवादी सरकारबाट बाहिरिदा सिंहजस्तो गर्जिएर निक्सिएको र सरकारमा जानेहरु धरधर काम्दै गएकोले यो सरकार कमजोर बनिसकेको बताउँनुभएको छ ।
आईतवार झापाको विर्तामोडमा आयोजित पार्टीप्रवेश र आमसभालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउँनका लागि गठजोड भएको बताउँनुभयो ।
यदि संविधान संसोधनको नाममा दुईतिहाईको दम्भ देखाउदै प्रतिगमनतीर सरकार गयो भने टाडा जानु प्रदैन बंगलादेशलाई हेर भनेर मैले पटक पटक भनिदिदै आएको छु त्यो दिन टाडा छैन प्रचण्डले भन्नुभयो । हिजो संविधान मिच्न खोज्दा आफुहरु माइतीघर मण्डलामा लाखौ नेपालीहरुलाई उतारेको भन्दै आवश्यक पर्दा जुनसुक्कैवेला १० लाख जनता सडकमा निस्कने बताउँनुभयो । आफुले सरकारको नेतृत्व गरेको अन्तिम १८ महिनामा सुशासन र भ्रष्टाचार विरोधी कार्यहरु गर्दा आफुलाई सरकारबाट हटाइएको कुरा जनताले बुझिसकेको भन्दै प्रमुख प्रतिपक्ष दलका नेता समेत रहनुभएका प्रचण्डले सरकारले खराब काम गर्न खोजेमा आफुले कायम गरेको सुशासनको वलमा परास्त गर्न सकिने बताउँनुभयो ।
माओवादीलाई फेरी पनि पहिला पूरा गर्न वाकी रहेको जिम्मेवारीलाई पूरा गर्ने अवशर समयले मिलाईदिएको भन्दै आफु सच्चिने र जनता र आफ्ना वर्गतिर फर्किने र सबैखाले सरकार सदन र सडकबाटै जनताको गुमेको अधिकार स्थापित गरिछाडने बताउँनुभयो । सरकार छाडदा प्रतिक्रियावादी र अवशरबादीहरुसग लडन भीडन आफु र पार्टीलाई थप तागत मिलेको भन्दै आफुलाई जनयुद्धको तयारी समाजवादी क्रातिका लागि तयारी गरिरहेको अवस्था जस्तो उर्जा मिलिरहेको बताउँनुभयो ।
यसका लागि जनतालाई अपिल गर्नका लागि मेची महाकालीका लागि महाअभियान लिएर आउन लागेको समेत बताउँनुभयो । अध्यक्ष प्रचण्डले अहिले देश सुगौली सन्धिदेखि पछाडि आएर गम्भिर संकटको अवस्थामा रहेको भन्दै अहिलेको राष्ट्र बचाउन सक्ने तागत माओवादीसग मात्रै रहेको बताउँनुभयो । हामीले पार्टी मात्रै होईन यो राष्ट्रको संकटबाट पार पाउनका लागि पनि माओवादी शक्तिहरु एक हुनु र बलियो हुनुपर्ने आवश्यकता छ अध्यक्ष दाहालले भन्नुभयो ।
अहिले देशमा एकथरी शक्तिहरु थमिलो पानीमा माछामार्न खोजीरहेको भन्दै पुन राजतन्त्रको नारा उरालीरहेको तथा अर्का थरी तत्वहरु अहिलेको संविधानमा संघियता, समावेशी गणतन्त्र जस्ता सबै कुरा माओवादीका एजेण्डाहरु लेखिएको भन्दै जारी संविधानलाई जुनसुक्कैवेला च्यात्नका लागि बर्तमान सरकारको नेतृत्व गरिरहेको पार्टी समेत लागिरहेको आरोप लगाउँदै यसलाई रोक्न बर्तमान व्यावस्थाको रक्षाका लागि सबै उत्पीडित बर्ग तयार रहनुपर्ने बताउँनुभयो ।
सोही अवशरमा नेकपा एसका केन्द्रिय सदस्य समेत रहनुभएका झापाका पुराना बामपन्थी नेता लोकबन्धु कन्दङ्वाको नेतृत्वमा ५०० वढी नेता कार्यकर्ताहरुलाई अध्यक्ष प्रचण्डले माओवादी पार्टीमा प्रवेश गराउँनुभएको थियो ।
पार्टीका केन्द्रिय नेता झलकसिंह दर्लामीको सभापतित्वमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय उपमहासचिव शितलकुमार, पार्टीका नेता सावित्रीकुमार काफ्ले समर, पार्टी प्रवेश गर्ने नेता लोकबन्धु कन्दङ्वा लगायातले मन्तव्य राख्नुभएको कार्यक्रम पार्टीका जिल्ला संयोजक अग्निले सञ्चालन गर्नुभएको थियो ।