कनकाई अनलाईन
नेकपा माओवादी केन्द्रको भातृ संगठन युवा दस्ता वाइसिएल नेपालको कनकाई नगर अध्यक्षमा लीलाराज कार्की सर्वसम्मत चयन हुनुभएको छ ।
हालै कनकाई नगरपालिका ६ मा आयोजित वाइसिएलको कनकाई नगरको दोस्रो अधिवेशनबाट कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । कार्की यसअघि माओवादी पार्टी द्धन्द्धकालबाट शान्तिकालमा रहदा बनाइएको तत्कालिन समयमा समेत तत्कालिन अवस्थामा वाईसिएलको सुरुङ्गा गाविस अध्यक्ष रहेका थिए ।
यसैगरी वाईसिएलको उपाध्यक्षमा विनोद वराइली चयन हुनुभएको छ । विनोद पार्टीमा समेत सक्रिय रहनुभएको छ । यसैगरि सचिवमा देवेन्द्र मंग्राती सहसचिवमा हेम दाहाल र कोषाध्यक्षमा सामना विक रहनुभएको छ । २१ सदस्यीय कमिटीमा सदस्यहरुमा बाबुलाल दर्जी, बुनिसा घतानी, मनीसा घतानी, विपिन चम्लगाई, कमल सुवेदी, सन्तोस नेपाली, डम्बर नेपाली, प्रवेश संग्रौला, एन्जल ढकाल, जतन मुर्मु, गणेश विष्ट, काशी खबास, युवराज खबास, अम्बर पाँचकोटी, भीम कुमाल र रितु ऋषिदेव रहनुभएको छ ।
वाईसिएल कनकाईका अध्यक्ष तथा जिल्लाका वरिष्ठ उपाध्यक्ष हिमाल विष्टको सभापतित्वमा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका प्रदेश सांसद तथा पुर्व मन्त्री जीवन आचार्य रहनुभएको थियो । कार्यक्रममा पार्टीका प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ्ग बिजय, पार्टीकी केन्द्रिय निर्वाचन आयोग सदस्य सुशिला कन्दङ्वा, पार्टीका जिल्ला संयोजक राजु आचार्य अग्नि, पार्टीकी प्रदेश सदस्य कल्पना कार्की भुमिका, वाईसिएलका केन्द्रिय सचिव कर्मा पुलामी, प्रदेश अध्यक्ष कुमार आचार्य पार्टीका कनकाई नगर अध्यक्ष यामनाथ सेडाईँ लगायातको आतिथ्यता रहेको थियो । सहभागि अतिथिहरुले वाइसिएलले गत २०६४ सालको जस्तो जनताको समस्यासग जुध्न भिडन निर्देशन दिनुभयो ।